+
+
Shares

एमाले महाधिवेशनमा मेन्यु : ब्रेड, फलफूल र मासुभात

महाधिवेशनको बन्दसत्रमा सहभागीहरूलाई बिहानको नास्तामा ब्रेड, चना, फ्रेन्चफ्राई, ससेज, अण्डा, चियाकफीको व्यवस्था गरिएको छ । फलफूलमा मेवा खरबुजालगायतका आइटम छन् भने खानामा मासु–भातको व्यवस्था छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते ११:२७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेको एघारौं महाधिवेशनको बन्दसत्रमा सहभागीलाई ब्रेड, फलफुलदेखि मासु–भातसम्मको खाना–नास्ता व्यवस्था गरिएको छ।
  • खाना–नास्ता व्यवस्थापनको जिम्मा कार्की क्याटरिङ सर्भिसले पाएको छ र भृकुटीमण्डपको प्रदर्शनी कक्षमा खाने ठाउँ बनाइएको छ।
  • सहभागीलाई बिहानको नास्तामा ब्रेड, चना, फ्रेन्चफाई, ससेज, अण्डा र चियाकफी दिइएको छ भने मासु नखानेका लागि दाल, तरकारी र सलादको व्यवस्था छ।

२९ मंसिर, काठमाडौं । एघारौं महाधिवेशनको बन्दसत्रमा सहभागीहरुलाई एमालेले ब्रेड–फलफूलदेखि मासु–भातसम्मको व्यवस्था मिलाएको छ ।

खाना–नास्ता व्यवस्थापनको जिम्मा कार्की क्याटरिङ सर्भिसले पाएको छ ।

मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उदघाटन भएको एमालेको महाधिवेशनको बन्दसत्र २८ गतेदेखि भृकुटीमण्डपमा जारी छ ।

सहभागीहरूलाई बिहानको नास्तामा ब्रेड, चना, फ्रेन्चफ्राई, ससेज, अण्डा, चियाकफीको व्यवस्था गरिएको छ । फलफुलमा मेवा खरबुजा लगायतका आइटम छन् ।

यसैगरी खानामा मासु–भातको व्यवस्था छ । मासु नखानेहरुका लागि पनि दाल, भात, तरकारी, सलाद लगायतको व्यवस्था छ ।

भृकुटीमण्डपको प्रदर्शनी कक्षको हलमा खाना नास्ता खाने ठाउँको रुपमा प्रयोग गरिएको छ । त्यहाँ ठूलो अक्षरमा ‘खाना थपेर खाऔं, खेर नफालौं’ लेखिएको छ ।

हेर्नुहोस् थप तस्वीरहरू : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?