Comments Add Comment

चिन्नुहोस् १५ उत्कृष्ट करदाता, कुन विधामा कसले मारे बाजी ?

Photo Credit : आरएन धिमाल

१ मंसिर, काठमाडौं । सरकारले गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरुलाई सम्मान गरेको छ । आठौं कर दिवसको अवसरमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले १५ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।

सरकारले हरेक वर्ष उत्कृष्ट करदातालाई विधागत रुपमा सम्मान गर्ने गरको छ । यो वर्ष पनि आन्तरिक राजश्व विभागको आयोजनामा भएको कार्यक्रममा करदातालाई सम्मान गरिएको हो ।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सरकारी बैंक पनि सर्वाधिक कर तिर्नेमा आउन थालेको भन्दै उनले सरकारले गरेको सबै लगानी खेर जाँदैन भन्ने पुष्टी भएको बताए । उनले सहज व्यवसायिक वातावरण बनाउन सरकार क्रियाशील रहेको भन्दै डुईङ बिजनेसमा अझै अघि आउन सकिने बताए ।

उनले निकट भविष्यमा राजश्व बोर्ड गठन हुन लागेको भन्दै त्यसपश्चात राजश्वका समस्या समाधान हुने बताए ।

१. सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल

गत आर्थिकसूर्य नेपाल प्रालि वर्षमा बढी कर तिर्नेमा सम्मानित भयो । सूर्य नेपाल प्रालि मुख्य रुपमा चुरोटसहित सलाई तथा अगरबत्ती उत्पादक कम्पनी हो । यो कम्पनीको सूर्य ब्रान्डको चुरोट निकै चर्चित छ । नेपालमा जागरिका लागि आकर्षक मानिने कम्पनीमध्ये यो अग्रस्थान पर्छ । सबैभन्दा धेरै आय कर तिर्ने सिद्धार्थ राणा सञ्चालक समितिको निर्देशक रकेको कम्पनीमा आईसीटी भारतको पनि लगानी छ ।

२. निर्यातकर्तातर्फ डाबर नेपाल

निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । डाबर नेपाल बहुराष्ट्रिय कम्पनी हो । यसले विभिन्न औषधिमुलक खाद्यपदार्थसहित दैनिक उपभोग्य वस्तुहरुको उत्पादन गर्छ । लमो समयदेखि नेपालमा रहेर विभिन्न उत्पादनहरु गर्दै आएको कम्पनीले विभिन्न वर्षहरुमा यस प्रकारको अवार्ड जितेको छ ।

३. मदिरा र चुरोटबाहेक उद्योगमा जगदम्बा स्टिल

मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा पर्‍यो । जगदम्बा स्टिल छड तथा जस्तापाता उत्पादक कम्पनी हो । विशाल गूपको लगानी रहेको यो कम्पनीको उद्योग बाराको सिमारामा छ । छड उत्पादनमा नम्बर एकको पहिचान भएको जगदम्बाले दशेभर आफ्नो उत्पादन विक्री गरिरहेको छ ।

४. स्वास्थ्य तथा शिक्षा सेवामा मणिपाल

स्वास्थ्य तथा शिक्षा सेवामा धेरै कर तिर्ने मणिपाल मेडिकल कलेज भयो । मणिपाल मेडिकल कलेज पोखरामा अवस्थित शिक्षण अस्पताल हो । भारतीय लगानी समेत रहेको यो १९९२ मा स्थापना भएको हो ।

५. सञ्चारतर्फ वर्ल्ड लिंक

सञ्चारसेवा तर्फ सबैभन्दा धेरै आयकर दाता वर्ल्ड लिंक सम्मानित भयो । वर्ल्ड लिंक नेपालको नम्बर एक केबल इन्टरनेट सेवा प्रदायक हो । लामो समयदेखि इन्टरनेट सेवा दिँदै आएको वर्ल्ड लिंकले पछिल्लो सयममा लगानीको विस्तार पनि गरिरहेको छ । केबल इन्टरनेट सेवालाई विश्वासिलो बनाउन वर्ल्ड लिंकको भूमिका रहेको दूरसञ्चार अधिकारीहरु बताउँछन् ।

६. ब्यापारतर्फ अग्नि ईन्कर्पोरेट

समग्रमा ब्यापारतर्फ सबैभन्दा आय कर तिर्नेकम्पनी अग्नि ईन्कर्पोरेट प्रालि हो । यो कम्पनी अटोमोबाइलको ब्यापार गर्छ । अग्नि ग्रुपको यो कम्पनी महिन्द्रा गाडीको आधिकारिक विक्रेता हो । यो कम्पनीले महिनद्राका विद्युतीय, प्यासेन्जरदेखि कमिर्सयल सवारीहरु बिक्री गर्दै आएको छ । मन्दि्रा गाडीमा पछिल्लो समयमा बढ्दो आकर्षणले कम्पनी ब्यापार तर्फ धेरै कर तिर्ने कम्पनी बन्न सकेको छ ।

७. कृषीमा अन्नपूर्ण एग्रो

कृषीतर्फ अन्नपूर्ण एग्रो बसैभ्न्दा धेरै आय कर तिर्न सफल भयो । अन्नपूर्ण एग्रो पोल्ट्री कम्पनी हो । एग्रोले बोइलर, कोइलर र लेयर्स कुखुराको दाना उत्पादन गर्छ । एग्रोले अन्नपूर्ण प्लेट फिड, कोपिला प्लेट फिड र उर्बार प्लेट फिड ब्राण्डका दाना उत्पादन गर्छ ।

८. साना करदातातर्फ भीएफ सर्भिसेज

आनत्रिक राजश्व कार्यालयमा बसैभन्दा धेरै कर भीएफ सर्भिसेजले तिर्‍यो । भिसा सहजीकण गर्ने परामर्शदातृ संस्था संथा हो । अष्ट्रेलिया लगायतका देशमा जानेहरुको भसिा प्रक्रियाका लागि यो कम्पनीले काम गर्छ ।

९. पर्यटनमा तारागाउँ रिजेन्सी

पर्यटन उद्योगतर्फ तारागाउँ रिजेन्सी हायात सबैभन्दा धेरै आय कर तिर्ने होटल बन्यो ।

तारागाउँ रिजेन्सी हायात होटेल लगातार दोस्रो पटक होटेल व्यवसायतर्फ धेरै कर तिर्ने सूचिमा परेको छ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पञ्चायत कालमै स्थापना भई संचालनमा आएको तारागाउँ रिजेन्सीमा सरकारको समेत लगानी रहेको छ ।

बौद्धस्थित तारागाउँ रिजेन्सी -हायात)को १ अर्ब ८९ करोड ६६ लाख रुपैयाँ चुक्तापूँजि रहेको छ । पाँचतारे स्तरको यस होटेल इमाइस टूरिजम गन्तब्यका रुपमा बढी चर्चित छ । पर्याप्त भौतिक संरचना भएका कारण यो होटेल ठूला कार्यक्रम आयोजना गर्न उपयुक्त छ ।

१०. बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक

सबैभन्दा बढी कर तिर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक हो । सञ्चालनमा रहेका २८ कमर्शीयल बैंक मध्ये ३ वटा बैंकमा नेपाल सरकारको लगानी छ । ति तीन मध्येमा पनि सबै लगानी नेपाल सरकारको मात्रै रहेको भनेको राष्ट्रिय वाणिज्य बैंक मात्रै हो । २०२२ माघ १० गते मुलुकको माइलो वाणिज्य बैंकको रुपमा राष्ट्रिय वाणिज्य बैंक पछिल्लो समय मूनाफाका आधारमा पहिलो नम्बरमा देखिँदै आएको छ ।

गत आर्थिक वर्ष मूनाफामा पहिलो बनेको यो बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि १ अर्ब १२ करोड रुपैयाँ मूनाफा आर्जन गर्दै पहिलो नै बन्न सफल भयो ।

११. बीमामा नेपाल लाइफ

बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै आय कर तिर्ने कम्पनी बन्यो । यो कम्पनी नेपाली लगानीकर्ताहरु द्वारा स्थापना गरिएको नेपालकौ प्रथम अग्रणी जिवन बीमा कम्पनी हो । यसको स्थापना २०५८ सालमा पब्लिक लिमिटेड कम्पनीको रूपमा र्भको थियो ।

नेपालको ख्यातीप्राप्त व्यवसायिक तथा व्यापारिक घरानाहरूको समूहबाट सञ्चालित यस कम्पनी व्यवसायको सोह्र वर्ष भित्रै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ र यसै कारण कम्पनीको स्थान अत्यन्तै सवल रहन पुगेको छ ।

चुक्ता पुँजी ५४९.६१ करोड रुपैयाँ रहेको यस कम्पनीले धेरै सूचकका आधारमा अन्य बीमा कम्पनीको तुलनामा अगाडि रहेको छ ।

१२. मध्यम करदातामा कामना सेवा विकास बैंक

मध्यमस्तरीय उत्कृष्ट करदाताका रुपमा कामना सेवा विकास बैंक सम्मानित भयो । मोफसलबाट स्थापना भएको ‘ख’ वर्गको बैंक हो । कामना विकास बैंक र सेवा विकास बैंक मर्जर भएर कामना सेवा विकास बैंक बनेको हो ।

कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंक  र भैरहवाको बुटवल केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक एक आपसमा मर्ज भएर पोखरा केन्द्रीय कार्यालय राखेका थिए । केहि दिन अघिमात्रै यो बैंकले कामठाडौंमै केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।

१३. सहकारीतर्फ छिमेक लघुवित्त

सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था सर्वाधिक आयकर दाता बन्यो ।  नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा काम गर्न अनुमति पाएको लघुवित्त हो । ६३ जिल्लाका गाउँगाउँमा पुगेर यो संस्थाले सेवा दिदै आइरहेको छ । यस संस्थाले देशभर रहेका १ हजार २ सय बढी शाखा कार्यालयहरुबाट १२ लाख महिला सदस्यहरुलाई सेवा दिदै आइरहेको छ ।

१९ वर्ष अघि यस संस्थाको स्थापना भएको थियो । मुलुकमा सञ्चालित एक सय हारहारीमा रहेका लघुवित्त वित्तीय संस्थाहरु मध्ये सवल संस्थाको रुपमा छिमेक परिचित छ ।

१४. सर्वाधिक भ्याट तिर्ने घेराही सिमेन्ट

सवैभन्दा धेरै मूल्य अभिबृद्धि कर बुझाए बापत दाङमा रहेको घोराही सिमेन्ट उद्योग सम्मानित भयो ।

दैनिक २२ सय मेटि्रक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उदोगले २०६९ सालबाट उत्पादन थालेको थियो । ५ अर्ब बढीको लगानी रहेको यो उद्योगले ‘घोराही’ ब्रान्डमा सिमेन्ट उत्पादन गर्छ ।

१५. सर्वाधिक आयरकर दाताः सिद्धार्थ राणा (व्यक्तिगत)

राणाको तर्फबाट पुरस्कार ग्रहण गर्दै शम्भु दाहाल

सिद्धार्थ शमशेर राणा धेरै कर तिर्ने करदाता व्यक्ति बनेका छन् । सिद्धार्थ समशेर राणा छैठौंपटक व्यक्तिगत रुपमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति हुन् । सूर्य नेपाल, सिप्रदी ट्रेडिङ लगायतका कम्पनीका लगानीकर्ता रहेका राणा लगातार पाँचौंपटक सरकारबाट सम्मानित भएका छन् ।

यो पनि पढ्नुहोस सिद्धार्थ राणा : चर्चा नचाहने ठूला करदाता




तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment