+
+
Shares

तनहुँको व्यासमा भाले चितुवा मृत भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ४ गते १३:२६

४ मंसिर, काठमाडौं । तनहुँको व्यास नगरपालिका- १ मुसेखोलामा मृत अवस्थामा भाले चितुवा फेला परेको छ।

ढाड भाँचिएको अवस्थामा भाले चितुवा मृत फेला परेको डिभिजन वन अधिकृत प्रमुख केदार बरालले अनलाइनखबरलाई जानकारी दिए ।

‘राजमार्गमा बाटो काट्ने क्रममा गाडीको ठक्करबाट घाइते भएपछि पानीको खोजीमा चितुवा खोलातिर गएको जस्तो देखिन्छ,’ बरालले भने, ‘खोला नजिक चितुवाले बान्ता गरेको देखिन्छ ।’  मृत फेला परेको भाले चितुवा करिब ८ वर्ष जतिको उमेर र ४० किलो जति तौल रहेको प्रमुख बरालले बताए । मंगलबार राती करिब २-३ बजेको समयमा उक्त घटना भएको हुन सक्ने उनले बताए ।

सोमबार बिहान पनि ब्यास नगरपालिकाको जंगलमा चितुवाको एउटा बच्चा मृत फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?