+
+
Shares

नेकपाले प्यूठानमा सहमति उल्लंघन गर्‍यो : मसाल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते २०:०९

९ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले आफूहरूबीच उपचुनावका लागि भएको तालमेलको सहमति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उल्लंघन गरेको आरोप लगाएको छ ।

प्यूठानको बरौलामा सहमति विपरीत आफ्नो पार्टीका उम्मेदवारलाई हराउन नेकपा लागेको मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई पार्टीबीचको सहमति अनुसार प्युठानको ऐरावति गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा मसालका भक्तबहादुर बिक उम्मेदवार बनेका छन् । उनलाई समर्थन नगरेर नेकपाले स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको मसालको दाबी छ ।

‘प्यूठानको बरौलामा हामीसित भएको सहमतिलाई खुला प्रकारले उल्लंघन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ नेकपाका तर्फबाट कुनै आधिकारिक उम्मेदवार छैन तैपनि त्यहाँ उनीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र व्यक्तिलाई नेकपाको जिल्ला नेतृत्वले जिताउनका लागि आफ्नो पूरा शक्ति लगाएको छ ।’

बाग्लुङको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भने नेकपाले सहमति अनुसारै आफ्नो पार्टीका उम्मेदवारलाई पुरापुर सहयोग गरिरहेको महामन्त्री सिंहले जानकारी दिएका छन् । बाग्लुङ–२ (ख) मा नेकपाको समर्थनमा खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन् ।

नेकपासँगको सहमति अनुसार मसालले उपनिर्वाचनमा दुई स्थानमा बाहेक अन्त उम्मेदवारी दिएको छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?