+
+
Shares

गुल्मीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते १४:४९
फाइल फोटो ।

११ मंसिर, काठमाडौं । प्रहरीले गुल्मीबाट भरुवा बन्दुकसहित एक जनालाई  नियन्त्रणमा लिएको छ ।

मालिका गाउँपालिका-४ बस्ने ३७ वर्षीय भक्तबहादुर रानालाई एक थान भरुवा बन्दुकसहित मंगलबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने १६ वर्षीय एक युवकलाई भरुवा बन्दुक देखाएर मार्ने धम्की दिँदै हिँडेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पुर्कोटदह र अस्थायी प्रहरी पोष्ट अर्खाबाङबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको जनाएको छ । रानालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?