Comments Add Comment

‘सरौतो’मा सुमीको गज्जबको एक्सन, कस्तो छ फिल्म ?

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘सरौतो’ले भलै हलमा दर्शक तान्न सकेन, तर यो चलचित्रबाट नायिका सुमी मोक्तानले भने संभावना देखाएकी छिन् । केही चलचित्रमा सह–नायिकाको रुपमा काम गरेकी सुमीले यो चलचित्रमा भने केन्द्रिय भूमिकामा काम गरेकी छिन् ।

चलचित्रमा बोल्न नसक्ने एक यूवतीको भूमिकामा देखिएकी सुमीले हरेक फ्रेमका लागि मिहिनेत गरेकी छिन् । उनको अभिनयको तारिफ गर्न सकिन्छ । तर, उनले चलचित्रमा गरेको एक्सन भने दर्शकका लागि अर्को आकर्षण हो ।

मार्सल आर्टको करिब २ बर्ष तालिम लिएर यो चलचित्रमा काम गरेकी सुमीले आफूलाई एक्सन नायिकाको रुपमा प्रस्तुत गर्न कुनै कसरी बाँकी राखेकी छैनन् ।

हरि हुमागाँइ निर्देशित यो चलचित्रले बदलाको कथा भन्छ । चलचित्रको कथावस्तु सामान्य छ । सानो कथामा चलचित्र बगेकाले पनि निर्देशकलाई २ घन्टा १८ मिनेट चलचित्र बगाउन धेरै ठाउँमा समस्या देखिएको छ । जसलेगर्दा, उनले एउटै दृश्यलाई बारम्बार दोहोर्याएका छन् ।

चलचित्रमा केन्द्रिय पात्रले जित्दा दर्शकमा विजयको महशुश हुँदैन । चलचित्रमा भावना प्रस्तुत गर्न नसक्नु हरिको कमजोरी हो ।

नायिका सुमी मोक्तानले चलचित्रबाट आफूलाई एक्सनमा अब्बल नायिकाको रुपमा प्रस्तुत गरेकी छिन् । सुमीलाई लिएर राम्रो कथामा एक्सन चलचित्र बनाउने हो भने, यसले दर्शकमो नयाँ खालको स्वाद दिने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment