+
+

पर्सामा ७० वर्षीय वृद्ध मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १४:०८

१६ मंसिर, काठमाडौं । पर्साको छिपहरमाई गाउँपालिका-५ भिष्वामा एक जना वृद्ध मृत फेला परेका छन् ।

परिचय खुल्न नसकेको तराईमूलको बासिन्दा जस्तो देखिने करिब ७० वर्षीय वृद्ध आइतबार मृत भेटिएको पर्सा प्रहरीले जनाएको छ ।

मागेर हिँड्ने पुरुष ब्याक्ति अचेत अवस्थामा छ भन्ने सूचनाको आधारमा घटनास्थल पुग्दा उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया, प्रहरी चौकी भिष्वा तथा प्राथमिक स्वास्थ्य चौकीको चिकित्सकसहितको टोली घट्नास्थलमा पुगेर मुचुल्लका सहितको कार्य गरी शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घट्नाकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?