+
+
Shares

सक्षम कार्कीले दिलाए सागमा १०० औं स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १६:२०

१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ ।

बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् ।

यो नेपालको १३औं सागमा २९औं र सागको इतिहासमा भने १००औं स्वर्ण हो ।

सन् १९८४ मा काठमाडौंमा आयोजित सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो । १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । १९९९ मा आयोजित सागमा नेपालले अहिलेसम्मकै सर्वाधिक पदक जितेको थियो । कराँते र तेक्वान्दो पहिलो पदक समावेश आठौं सागमा ३२ स्वर्णसहित समग्र प्रदर्शनमा नेपाल दोस्रो स्थानमा आएको थियो ।

२००४ मा पाकिस्तानमा आयोजित सागमा सात स्वर्ण जितेको नेपालले २००६ मा श्रीलंकामा आयोजित दशौं सागमा ७ स्वर्ण जितेको थियो ।

२०१० मा आठ र २०१६ मा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?