+
+
Shares

युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १०:५७

२२ मंसिर, काठमाडौं । अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनरत युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति भएको छ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीको उपस्थितिमा विद्यार्थी र कलेज प्रशासनबीच शनिबार राति सहमति भएको हो ।

सहमतिमा शैक्षिक वर्ष ०७५/७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिस्ट्रसन शुल्क, काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिएबमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने उल्लेख छ।

त्यस्तै ०७४/७५ मा विद्यार्थीहरूले पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाइसकेकाहरुको हकमा त्रिवि रजिष्टेसन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क सम्वन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम आजैका मितिबाट समायोजन फिर्ता गर्ने प्रक्रिया शुरु गर्ने भनिएको छ।

शनिबार राति १२ बजे भएको सहमतिपत्रमा कलेजका तर्फबाट अजयकुमार पीएस र सन्तोषकुमार बीएन र विद्यार्थीका तर्फबाट अशोक छत्कुली, रूद्रनारायण शाह, राजेश पौडेल, सुभाष झालगायत १५ विद्यार्थीको हस्ताक्षर छ।

सहमतिपछि विद्यार्थीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्ने र कलेजले शैक्षिक प्रशासनिक एवं प्राज्ञिक क्रियाकलाप सञ्चालन गर्ने उल्लेख छ । यस्तै आन्दोलनमा सहभागी भएका विद्यार्थीलाई कलेजले कुनै पूर्वाग्रह नराख्ने, विद्यार्थीको शैक्षिक समस्यामा सम्बन्धमा कलेजको एकेडेमिक काउन्सिलमार्फत सम्बोधन गर्ने भनिएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?