Comments Add Comment

सुन्दर देखिने पाँच सजिलो उपाय

यति तपाईं आफ्नो अनुहारमा ग्लो चाहनुहुन्छ भने फेस क्लिनिङ अथवा फेसियलले केही पनि हुनेवाला छैन । वर्कआउटमा मात्र एउटा उपाय हो । एक्सरसाइज गर्नाले तपाईंको ब्लड फ्लो बढ्छ र छालाले प्रशस्त अक्सिजन समेत पाउँछ । त्यसैले ट्रेडमिलमा चढौं र वर्कआउट गर्न थालौं ।

सही खाना

आफ्नो खानमा प्रशस्त फलफूल तथा साग-सब्जीहरुलाई समावेश गर्नैपर्छ । भिटामिन-ए, सी तथा भिटामिन-ई युक्त खानेकुराहरु अत्यधिक मात्रामा खानुपर्छ । ती खानेकुराले तपाईंलाई छालालाई आकर्षक बनाउने छन् ।

प्रशस्त पानी पिउनुपर्छ

हामीलाई थाहा छ यो तपाईंका लागि नयाँ कुरा होइन । यद्यपि, पानी तपाईंको शरीरका लागि अमृत हो, यो सत्य कुरा हो । यदि तपाईंले दिनमा दुई लिटर पानी पिउन सक्नुहुन्न भने कम्तिमा त्यति पानी पिउनुहोस् जति पिएपछि तपाईंलाई प्यास नलागोस् ।

सनब्लक

सनब्लक तपाईंको छालालाई सूर्यको हानिकारक किरणहरुबाट बचाउनु अनिवार्य छ । यो अल्ट्रा भ्वाइलेट किरणहरु छालाको क्यान्सर तथा उमेरभन्दा अघि नै बृद्ध देखिने कारण समेत बन्नसक्छ । बाहिर निस्कनु भन्दा १५ मिनेट पहिले नै सनब्लक कि्रम लगाउनुपर्छ ।

मोइश्चराइज

छालालाई मोइश्चराइज गर्नु स्किन रुटिनको महत्वपूर्ण पक्ष हो । यसले तपाईंको छालालाई पर्याप्त नरम तथा मुलायम बनाउँछ । आफ्नो छालाको प्रकार अनुसार सही बडी लोसन छनोट गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment