+
+
Shares

कञ्चनपुरमा हात्तीको आतङ्क कायमै, आक्रमणबाट एक वृद्ध घाइते

रासस रासस
२०७६ मंसिर २६ गते १५:३०
फाइल फोटो ।

२६ मंसिर, भीमदत्तनगर । कञ्चनपुरमा केही दिनयता जंगली हात्तीले आतङ्क मच्चाएको छ । बुधबार बिहान यहाँको महाकाली नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा दुई महिलाको ज्यान लिएको एक दिन नबित्दै फेरी बेदकोट नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट मुक्तकमैया बस्तीका एक वृद्ध गम्भीर घाइते भएका छन् ।

बेदकोट–२ का वडाध्यक्ष नरेश सिंहले जंगली हात्तीको आक्रमणबाट स्थानीय ७१ वर्षीय सिताराम डगौरा गम्भीर घाइते भएको जानकारी दिए । “बुधबार मध्यराति जङ्गली हात्तीको बधान मुक्तकमैया बस्तीमै पसेर आतङ्क नै मच्चाए”, उनले भने, “गाउँलेले हो–हल्ला गरेपछि मात्रै हात्ती वनतिर लागे ।” बुधबार बिहान जङ्गलमा घाँस दाउरा सङ्कलन गर्न गएका महाकाली नगरपालिका–२ का ३८ वर्षीया बसन्ती भट्ट र ५० बर्षीया भुरी बोहराको भारतीय जंगलबाट आएका हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

उक्त घटनामा परेर स्थानीय चार महिला गम्भीर घाइते भएका छन । घाइतेमध्ये दुईको भारतको खटिमास्थित तपन अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी गत असोज २९ गते शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । उक्त पीडित परिवारलाई सरकारले रु १० लाख राहत रकम उपलब्ध गराएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?