Comments Add Comment

जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्तनपान कक्ष सञ्चालन

२९ मंसिर, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सहायता कक्ष र फ्री वाइफाई सेवा सुरु गरे लगत्तै स्तनपान कक्ष पनि सञ्चलनमा ल्याएको छ । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्रहीको सहजताको लागि भन्दै कार्यालयमै स्तनपान कक्ष सञ्चालनमा ल्याएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

बच्चा साथमा लिएर आउने सेवाग्रहीलाई मध्यनजर राखेर कार्यालय परिसरमै स्तनपान कक्ष राखिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । प्रशासन कार्यालयमा सहायता कक्ष र महिलाहरुको लागि बालबच्चा खेल्ने स्थानसहितको स्तनपान कक्ष सञ्चालनमा आएको हो ।

सहायता कक्षबाट कार्यालयको सेवा प्रवाहका बारेमा जानकारी दिनुका साथै विभिन्न प्रकारका निवेदनहरु निशुल्क उपलब्ध हुँदै आएको छ । स्तनपान कक्षमा महिलाहरुको लागि बिश्राम स्थल, स्तनपान कक्ष, बच्चाहरुलाई खेल्ने स्थान समेतको व्यवस्था गरिएको गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

सेवाग्राहीहरुको लागि अत्याधुनिक प्रविधि युक्त फिल्टर गरिएको शुद्ध पिउने पानीको व्यवस्था समेत गरिएको छ ।

झण्डै एक वर्ष पहिले नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासन कार्यालयको प्रवेशद्धारमा नै सेवाग्राहीको लागि सहायकता कक्ष र फ्री वाइफाई सेवा मार्फत सेवा सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment