+
+

देशभर चिसो बढ्यो, जुम्लामा माइनस ७, काठमाडौंको ६ डिग्री

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १०:४७
फाइल तस्वीर ।

३० मंसिर, काठमाडौं । वर्षा र हिमपातपछि काठमाडौंसहित देशभर चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिमी वायुको प्रभावले देशभरको तापक्रम घटेको छ ।

सोमबार बिहान जुम्लाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । बिहान तापक्रम घटे पनि दिउँसो यहाँको अधिकतम तापक्रम ८ डिग्रीसम्म पुग्ने प्रक्षेपण विभागले गरेको छ ।

त्यस्तै, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सोमबार बिहान ६ डिग्री मापन भएको छ । बिहान चिसिएको काठमाडौंको तापक्रम दिउँसो भने १५.७ डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । तापक्रम घटेकाले काठमाडौंमा बिहान चिसो महसुस भएको छ ।

विभागका अनुसार, सोमबार देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा हिमपात हुनसक्छ ।

बुधबारबाट भने विद्यमान मौसमी प्रणालीमा सुधार आउने विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?