Comments Add Comment

सिमेन्टमा नयाँ मापदण्‍ड लागू नगर्न लेखा समितिको निर्देशन

७ पुस, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारले हालै कायम गरेको सिमेन्टको नयाँ मापदण्ड कार्यान्वयन तत्काल रोक्न निर्देशन दिएको छ ।

गुणस्तर विभागले गत असार ८ गते सिमेन्टमा राखिने रासायनिक पदार्थको मापदण्ड परिवर्तन गर्ने निर्णय कार्यान्वयन गर्दा संरचना निर्माण हानिकारक हुने भन्दै समितिले पुरानै सिमेन्टको पुरानै गुणस्तर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

विभागले सिमेन्टमा राखिने म्याग्नेसियम अक्साइड र इन्‍सोल्युब रेसिड्यु नामको पदार्थको मात्रामा हेरफेर गर्ने निर्णय गरेको थियो । समितिले सोमबार उदयोग सचिव यमकुमारी खतिवडा र गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँग सिमेन्टको मापदण्डबारे छलफल गरेको थियो ।

विभागले सिमेन्ट उद्योगलाई नयाँ मापदण्ड लागू गर्न पत्राचार गरेको तर लेखा समितिलाई अहिले नयाँ मापदण्ड कार्यान्वयनमा नआएको भन्दै झुक्याएको लेखा समिति सभापति भरत शाहले बताए  ।

उद्योग सचिव यमकुमारी खतिवडाले  भने अन्यथा नियत राखेर मापदण्ड परिवर्तन नगरेको बताइन्  । उनले ३ वर्षदेखि प्राविधिक कमिटीसँगको छलफलपछि नयाँ मापदण्ड लागू गरिएको उनले दावी गरिन् ।

समितिले थप छलफल गर्ने र अहिलेलाई पहिलेकै मापदण्ड कार्यन्वयन गर्न उद्योग मन्त्रालय र गुणस्तर विभागलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment