Comments Add Comment

सिद्धबाबालाई फेरि तीन दिनको म्याद थप

अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

७ पुस, विराटनगर । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन थुनामा राख्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको छ । मंसिर १६ गते पक्राउ परेका गिरीलाई पाँचौं पटक तीन दिन थुनामा राख्ने अनुमति दिएको हो ।

सोमबार जिल्ला अदालत सुनसरीले थप तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस बलात्कार आरोपी सिद्धबाबा आईसीयूबाटै पक्राउ

प्रहरीले सिद्धबाबालाई पक्राउ परेको दिन चार दिनको म्याद थप गरेको थियो । मंसिर २० गते दोस्रो पटक सात दिनको म्याद थप गरेको थियो । मंसिर २७ गते तीन दिन र मंसिर ३० गते सात दिनको म्याद थप गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयले सिद्धबाबाको अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिलको कार्यायललाई बुझाइसकेको छ । समय अभावका कारण सरकारी वकिलको कार्यालयले सोमबार तीन दिन म्याद थप गरेको हो । प्रहरी उपरीक्षक पोखरेलले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको बताए ।

यो पनि पढ्नुहोस सिद्धबाबाको आश्रममा घीनलाग्दो हर्कत– ब्रोसरमा राखेर पत्रकारलाई नगद !

महिला अनुयायीले ४ कात्तिकमा सिद्धबाबाले बलात्कार गरेको भन्दै उजुरी दिएपछि गिरी मंसिर १६ गते विराट नर्सिङहोमको आइसियूबाट पक्राउ परेका थिए ।

गिरी छातिमा समस्या आएको भन्दै अस्पताल भर्ना भएपनि अझै विरामीको बहानमा अस्पतालमा बसिरहेका छन् ।

यो पनि पढ्नुहोस कृष्णदासलाई महिलाको म्यासेजः ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment