+
+
Shares

विमान निर्माता कम्पनी बोइङ्गका सीईओ बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते ९:२३

८ पुस, काठमाडौं । विमान निर्माता कम्पनी बोइङ्गले मुख्य कार्यकारी निर्देशक (सीईओ) डेनिस मिलेनबर्गलाई बर्खास्त गरेको छ । बोर्ड अफ डाइरेक्टरले सीईओ डेनिसलाई पदबाट हटाउने निर्णय गरेको हो ।

अब बोइङ्गको नयाँ सीईओमा हालका अध्यक्ष डेबिड कोलहान नियुक्त हुनेछन् । उनले १३ जनवरीबाट औपचारिक रुपमा पद सम्हाल्ने छन् ।

बोइङ्गका दुई हवाईजहाज गत वर्ष र यसै वर्षको मार्च महिनामा दुर्घटनाग्रस्त भएका थिए । सीईओलाई हटाइनुको कारण पनि यही दुर्घटनालाई मानिएको छ ।

बोर्ड अफ डाइरेक्टरको बैठकपछि बोइङ्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले गुमाएको भरोसा पुनः फर्काउन नेतृत्व परिवर्तन जरुरी थियो । ताकि उसले सहकर्मीसँग सम्बन्धमा सुधार ल्याउन सकोस् । केबल सहकर्मीहरुसँग मात्र होइन, उनीहरुसँग पनि जो यस कम्पनीका ग्राहक छन् ।’

बोइङ्ग ७३७ दुई वटा विमान पाँच महिनाको अन्तरालमा दुर्घटना भएका थिए । इन्डोनेसिया र इथोपियामा भएका यी दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो ।

अनुसन्धानको क्रममा विमानको एमसीसी भनिने स्वचालित कन्ट्रोल सिस्टमलाई दुर्घटनाको कारण मानिएको थियो । बोइङ्गका अनुसार सफ्टवेयर सिस्टम एक सिंगल सेन्सरमा निर्भर गर्दछ । उसले गलत तथ्यांक देखाउँदा पाइलटले विमानलाई तल झारे, जसका कारण दुर्घटना भयो । बोइङ्गले यस सफ्टवेयरलाई अझै परिस्कृत गर्ने काम भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?