Comments Add Comment

समाजवादी पार्टीले सरकार छाड्यो, उपेन्द्र यादवले बुझाए राजीनामा

८ पुस, काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेको छ । उसका दुई मध्य उपेन्द्र यादव र मो. इस्तियाक राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

उपप्रधान तथा कानूनमन्त्री यादवले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री ओलीले रोकेका थिए

त्यसको भोलिपल्ट मंगलबार समाजवादी पार्टीका दुई अध्यक्ष डा. बाबुराम भट्टराई र यादवबीच कुराकानी भएको थियो भने उपलब्ध पदाधिकारीको बैठक बसेको थियो ।
लगतै संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गर्‍यो र दुबै मन्त्रीले राजीनामा बुझाए ।

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको भन्दै भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधान एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

यो पनि पढ्नुहोस के थियो उपेन्द्र यादवको संविधान संशोधन प्रस्तावमा ?

उपेन्द्र यादव, अध्यक्ष

मुख्य कुरा हामी सरकारमा गएको सरकारमै जानका लागि होइन । संविधान संश्ाोधन गरी मुलुकका राष्ट्रिय समस्याहरुलाई हल गर्ने र जनताकाट उठेका आवाजहरुलाई सम्बोधन गर्ने शर्तमा, सम्झौताको आधारमा सरकारमा सामेल भयौं । र सामेल भएको ६/७ महिना वितिसकेपछि प्रधानमन्त्रीजीलाई हामीले स्मरण गरायौं सम्झौत्ााको बारेमा । तर, कारबाही अगाडि बढेन ।

हिजो (सोमबार) कानुन न्याय तथा संसदीय मामिला मन्त्री/उपप्रधानमन्त्रीको हैसियतले संविधान संश्ाोधन गर्नका लागि संविधान विज्ञहरुको एउटा कार्यदल बनाउने र त्यो कार्यदलले सुझाव दिने, त्यही सुझावका आधारमा राजनीतिक दलहरु सबै बसेर छलफल गरेर संविधानलाई आवश्यक संश्ाोधन गर्ने प्रस्ताव संसदमा दर्ता गराउने तयारी अगाडि बढेको र हिजो (सोमबार) मन्त्रिपरिषदमा उक्त प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्रीजी बाट अस्वीकार भएको हुनाले राजीनामा दिएको हुँ । अब के गर्ने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको छ ।

तत्कालीन संघीय समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन नेकपा अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डले उपयुक्त समयमा संविधान संशोधन गर्नेसहित दुईबुँदे सहमति गरेको थियो । तर नयाँ शक्ति पार्टीसँग एकता गरेर समाजवादी बनाए लगतै यादवमाथि सरकार छाड्न दबाव बढेको थियो ।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समाजवादीका राज्यमन्त्रीलाई हटाउनुका साथै यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानूनमा पुर्‍याइएको थियो । त्यसबेला पनि सरकार छाड्नुपर्ने आवाज उठेको थियो ।

आज ‘रिहर्सल’, भोलि ‘ड्रामा’ !

संसदीय दलको बैठकमा सहभागी हुन सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा पुगेका समाजवादीका संघीय परिषद् अध्यक्ष भट्टराईले सरकार छाड्ने निर्णयलाई रिहर्सलको संख्या दिए । सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिएका उनले भने, ‘आज रिहल्सल मात्र हो, भोलि ड्रामा हुन्छ ।’

समाजादी पार्टीले भोलि बुधबार बिहान ११ बजे संघीय परिषदको बैठक बोलाएको छ । नेताहरुकाअनुसार भोलिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय लिनेछ ।

यससँगै ओली सरकार दुई तिहाई रहने छैन

 

उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवले प्रमलाई बुझाएको राजीनामा पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment