Comments Add Comment

फुटपाथ व्यवसायीद्वारा बुटवलमा प्रदर्शन

१० पुस, बुटवल । बुटवलमा नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिरोध प्रदर्शन गरेको छ । नगर प्रहरीको ज्यादती रोक्न माग गर्दै बुटवल उपमहानगरपालिकाविरूद्ध स्वरोजगार मजदुर प्रदर्शनमा उत्रिएका हुन् ।

स्वरोजगार मजदुरलाई नगर प्रहरीले कुटपिट गरेको विरोधमा सडकमा उत्रिएको संघर्ष समितिका संयोजक इन्द्र नेपालीले बताए ।

बुटवल बसपार्कबाट सुरू भएको प्रदर्शन पुष्पलाल पार्क, ट्राफिकचोक हुँदै उपमहानगरपालिका गेटमा पुगेको थियो ।

बुधबार नगर प्रहरीको टोलीले सडकको फुटपाथ भन्दा बाहिर बदाम बिक्री गर्दै गरेका स्वरोजगार कृष्ण अर्यालमाथि कुटपिट गर्दा उनलाई गम्भीर चोट लागेको नेपालीले बताए ।

संघका अध्यक्ष विष्णु पाण्डेले आफूहरूलाई वैकल्पिक व्यवस्था नगर्दासम्म सघर्ष जारी रहने बताए ।

नेपालीले आफूहरू स्थानीय सरकारले उचित स्थानमा व्यापार व्यवसाय गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे ।

‘हामी फुटपाथ बाहिर हाम्रो ठेला, रिक्सामा ब्यापार गरेका हौं, परिवार पाल्नु पर्‍यो, गरिखाने बाटो खोस्ने सरकार कस्तो हो ?’ उनीहरुको प्रश्न छ  ।

बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै बुटवल उपमहानगरपालिकाले  बसपार्क क्षेत्रमा ठेला रिक्सामा सामान बिक्री गर्न दिएको छैन । आन्तरिक राजश्व कार्यायको साइनतर्फको फुटपाथ छाडेर बिक्री गर्न छुट दिएको छ । बुटवलमा झण्डै एक हजार स्वरोजगार मजदुर छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment