Comments Add Comment

रौतहटका ७० विपन्न परिवारलाई कम्बल वितरण

१० पुस, रौतहट । चिसोबाट प्रभावित रौतहटका ७० गरिब तथा विपन्न समुदायका परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ ।

दैवि प्रकोप उद्दार समितिले डोम समुदायका ७० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।

केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा समितिले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।

जिल्ला समन्वय समितिको कार्यालयमा डोम समुदायका ७० परिवारलाई कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । रौतहटका २२० डोम समुदायका परिवारलाई चरणवद्ध रुपमा न्यानो कपडा उपलब्ध गराइरहेको प्रजिअ थापाले बताए ।

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण कार्यलाई निरन्तर दिने काम भइरहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका सबै पालिकालाई विपन्न वर्गको तथ्याङ्क संकलन गर्न समेत पत्राचार गरेको छ । जिल्ला दैवि प्रकोप उद्दार समिति र विभिन्न संघसंस्था मार्फत पनि स्वास्थ्य शिविर र न्यानो कपडा वितरणको काम अगाडि बढाइएको प्रजिअ थापाले बताए ।

अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् ।

शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment