
१७ पुस, काठमाडौं । सरकारले साँस्कृतिक संस्थानको अध्यक्ष र महाप्रवन्धक नियुक्त गरेको छ ।
संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारी र महाप्रबन्धकमा अशोककुमार राईलाई नियक्त गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
उनीहरूलाई यही मंसित १४ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । दुवै जनाको कार्यकाल चार वर्षको हुने छ ।
अध्यक्षमा नियुक्त भएका अधिकारी तेह्रथुमको म्याङलुङ नगरपालिका-१० निवासी हुन् भने राई ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ निवासी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4