Comments Add Comment

एमए कप क्रिकेट : दिपेशको ६ विकेटसँगै प्रदेश १ को विजयी सुरुवात

काठमाडौं । प्रदेश १ ले दोस्रो संस्करणको एमएम कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । दिपेश कँडेल एक्लैले ६ विकेट लिएपछि प्रदेश १ ले प्रदेश ५ लाई ६८ रनले पराजित गरेको हो ।

इनरुवा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ३१.२ ओभरमा अलआउट हुँदै १२० रन मात्र बनायो ।

१२१ रनको लक्ष्य पछ्याएको प्रदेश ५, दिपशेको घातक बलिङ सामु टिक्न सकेन र १८ ओभरमै ५२ रनमा अलआउट भयो ।

प्रदेश ५ का लागि विराट भण्डारी एक्लैले २८ रन बनाए भने विशाल विक्रम केसीले १२ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा प्रदेश १ का दिपेशले ७ ओभर बलिङ गर्दै १ मेडन राखेर २० रन खर्चंदै ६ विकेट लिए । यस्तै मुकुन्द यादव र मनोज तामाङले २-२ विकेट लिए ।

त्यसअघि प्रदेश ५ का विक्रम भुसालले उत्कृष्ट ब्याटिङ गर्दै ५ विकेट लिएका थिए । जसले गर्दा प्रदेश १ पनि अलआउट नै भएको थियो । प्रदेश १ का लागि फिर्दोस अनसारीले सर्वाधिक २३ रन बनाउँदा कप्तान पुष्प थापा र दिपेश कँडेलले समान २२ रन जोडे । लव कामतले ११ रन बनाए ।

प्रदेश ५ का विक्रमले ८.२ ओभर बलिङ गर्दा २ मेडन राख्दै २४ रन खर्चेर ५ विकेट लिए । दुर्गेस गुप्ताले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment