Comments Add Comment

फिल्ममा नचल्दा नाजिरलाई म्यूजिक भिडियोबाट राहत

डेब्यु चलचित्र ‘होस्टेल रिटर्न्स’बाट नै चर्चामा आएका कलाकार हुन्, नाजिर हुसेन । यो चलचित्रमा रुचाइएपछि नाजिरलाई चलचित्रको अफर खुबै आयो । उनले, अफर आएका सबै चलचित्रमा काम पनि गरे ।

तर, नाजिरले अभिनय गरेका चलचित्र बक्स अफिसमा असफल हुन थालेपछि उनी अहिले चलचित्रको पर्दामा कम देखिन थालेका छन् । अझ, यसो भनौ उनलाई निर्माताले पत्याउन छाडेका छन् । बरु, नाजिर म्यूजिक भिडियोमा भने जमिरहेका छन् ।

अल्मोडा राना उप्रेतीको ‘कहिले भेट्ने खोइ–२’मा नाजिरले अभिनय गरेका छन् । जुन भिडियो युटुबमा हिट छ ।

केही दिन अगाडि नाजिरको अर्को भिडियो पनि सार्वजनिक भएको थियो । प्रमोद खरेलको ‘लुकी लुकी चोरी चोरी’ बोलको गीतमा पनि नाजिरले अभिनय गरेका थिए । यो गीत अग्रेजी नयाँ वर्षमा रिलिज भएको थियो ।

नाजिरले ‘नेपाल आइडल’ विजेता रवि ओडको गीतमा पनि काम गरेका छन् । ‘चौबन्दीमा सजिएकी’ बोलको गीतमा उनी नाचेका छन् । यो भिडियोले पनि युट्युबमा ३१ लाख माथि भ्युज पाएको छ ।

प्रमोद खरेलको ‘ओइ यो कुरा गोप्य’मा पनि नाजिर देखिए । उक्त भिडियोले युट्युबमा राम्रो भ्युज पायो । यो गीतले युट्युबमा २ करोड ९२ लाख माथि भ्युज पाएको छ । यसै गीतपछि नाजिर म्युजिक भिडियोमा व्यस्त बनेका हुन् भन्दा फरक नपर्ला ।

यी नाजिर अभिनित केही चलेका भिडियो हुन् । रिलिजको तयारीमा पनि उनका धेरै भिडियोहरु छन् । हाल कुनै पनि चलचित्रमा अनुवन्धित नभएका नाजिर आफ्नो खाली समयलाई म्युजिक भिडियोमा खर्चिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment