+
+
Shares

बुद्धचित्त र रुद्राक्षको मालासहित ३ जना पक्राउ  

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १४:०५

२८ पुस, काठमाडौं । मकवानपुरको मनहरीबाट रुद्राक्ष र बुद्धचित्तको माला तथा दानासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे जिल्लाको साविक तिमाल गाविस-२ का ४२ वर्षीय जगत लामा तामाङ र तेमाल-६ का ४८ वर्षीय सूर्यमान तामाङ रहेका छन् ।

उनीहरुको साथबाट १ हजार ७ सय ७० थान बुद्ध चित्तको माला, २५ किलो बुद्धचित्तको दाना र १ सय ४४ थान रुद्राक्षको माला बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको जीप मनहरी गाउँपालिका-७ मनहरीमा आइतबार चेकजाँच गर्ने क्रममा उक्त सामानसहित उनीहरु पक्राउ परेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?