Comments Add Comment

खोटाङमा आगलागी हुँदा ५० लाखको क्षति  

२९ पुस, काठमाडौं । खोटाङको बामराङमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

आगलागीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बामराङ बस्ने गोपी कटवालको घरमा क्षति पुगेको हो । मंगलबार बिहान आगलागी हुँदा घर तथा विभिन्न सामान जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment