+
+

विदेशी लगानी आकषिर्त गरिरहेका छौं : अर्थमन्त्री डा. खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १८:५०

१५ माघ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक लगानी आकषिर्त गर्न कानूनमा सुधार गरिरहेको बताएका छन् । बुधबार ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इभर्जिङ मार्केट’का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत जोर्ग फ्रेइडनसँगको भेटमा अर्थमन्त्री डा. खतिवडाले मुलुकको द्रुत विकासका लागि आन्तरिक स्रोत पर्याप्त नभएको भन्दै वैदेशिक स्रोत आवश्यक रहेको बताए ।

वैदेशिक लगानी आकषिर्त गर्न सरकारले कानूनमा तीव्र सुधार गरिरहेको उनको भनाइ थियो । अर्थमन्त्री डा. खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासमा निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोत आवश्यक रहेको बताए ।

अर्थमन्त्री डा. खतिवडाले नेपालको विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयास सम्बन्धमा टोलीलाई जानकारी गराएका थिए । प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको उनले बताए ।

विभिन्न देशहरुसँग दोहोरो करमुक्ति सम्झौताको प्रकृया अगाडि बढाइएको समेत उनको भनाई छ । च्यालेन्ज फण्डको शुरुवात गर्न लागिएको उल्लेख गर्दै अर्थमन्त्रीले लगानी आकषिर्त गर्ने गरी कानून निर्माण गरिएको बताए । विद्यमान कानूनहरुमा परिमार्जन भइरहेको समेत अर्थमन्त्रीको भनाइ छ ।

अर्थमन्त्री डा. खतिवडाले पूर्वाधार विकास, पर्यटन र उर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धि सँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने उल्लेख गरे । पूर्वाधार विकास र सेवाको गुणस्तरयुक्त विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ । उनले विकसित मुलुकले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पूँजी परिचालन नेपालका लागि अनिवार्य रहेको उनले उल्लेख गरे ।

फ्रेइडन नेतृत्वको टोलीले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर बन्नु सकारात्मक रहेको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?