+
+
Shares

मोरङका दुई स्थानमा सवारी दुर्घटना, २ जनाको मृत्यु 

रासस रासस
२०७६ माघ २० गते २०:१०

२० माघ, विराटनगर । मोरङ जिल्लामा सोमबार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मुत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

मोरङको सुन्दर हरैँचा नगरपालिका–१० जरुवामा सोही स्थान बस्ने साइकल यात्री ४७ वर्षीय बाबुराम कार्कीलाई प्रदेश नं १–०२–००१ ख ८१०९ नं को टिपरले ठक्कर दिँदा उपचारका क्रममा प्रदेश (कोशी) अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना गर्ने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

यस्तै मोरङको उर्लाबारी नगरपालिका–१ कान्छी चोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १७ प ७९४ नं को मोटरसाइकललाई मधुमल्ला चिल्ड्रेन एकेडमीको को१ख ७५५६ नं को स्कुल बसले सोमबार ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको मिक्लाजुङ गाउँपालिका–३ का तीन वर्षीया बालिका प्रतीका विकको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको छ ।

स्कुल बसको ठक्करबाट घाइते मोटरसाइकल चालक २६ वर्षीय डेकेस विक, निजको श्रीमती २० वर्षीया सिर्जना विक, सासू ४३ वर्षीया कल्पना ठटाल र तीन वर्षीया छोरी प्रतीका घाइते भएका थिए । बस र बस चालककाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?