Comments Add Comment

‘आरआरआर’का लागि किन लिएनन् अजयले पारिश्रमिक ?

‘बाहुबली’ नर्देशक एसएस राजमौली अहिले नयाँ चलचित्रको निर्देशनमा व्यस्त छन् । उनको निर्देशनमा चलचित्र ‘आरआरआर’ बनिरहेको छ । हाल यस चलचित्रको छायांकन चलिरहेको छ ।

यस चलचित्रमा एसएसले साउथमा निकै चलेका दुई अभिनेतालाई मुख्य भूमिकामा प्रस्तुत गरेका छन् । चलचित्रमा रामचरण र जुनियर आरटिआरको मुख्य भूमिका रहेको छ । नायिकामा बलिउडमा राम्रो स्टारडम बनाएकी आलिया भट्टज प्रस्तुत हुदैँछन् ।

यस चलचित्रमा बलिउडका अर्का स्टार अभिनेता पनि फिचर भएका छन् । उनी हुन्, अजय देवगण । यस चलचित्रमा अजयले अतिथी भूमिका निर्वाह गरेका छन् । बलिउडमा सफल मानिएका अजयले पहिलो पटक साउथ चलचित्रमा काम गर्न लागेका हुन् ।

बलिउडमा निकै महंगो पारिश्रमिक लिने अजयले केमियो भूमिकामा देखिदाँ कति पारिश्रमिक बुझेका छन् त ? धेरैलाई प्रश्न हुन सक्छ । तर, अजयले यस चलचित्रमा काम गरे बापत कुनै पारिश्रमिक लिएका छैनन् । बलिउड मिडियाका अनुसार अजयलाई उनको रेट अनुसारको पारिश्रमिक दिन निर्माण पक्ष तयार थिए । तर, निर्देशक राजमौलीका कारण अजयले कुनै पारिश्रमिक नलिएका हुन् ।

अजय निर्देशक राजमौलीका ˆयान हुन् । राजमैलीले निर्देशन गरेको चलचित्र ‘मख्खी’ हेरेपछि अजयलाई राजमौली मन परेका थिए । अजयले त्यहीँ समयदेखि राजमौलीसँग काम गर्ने मन भएको बताउँदै आएका थिए । त्यो चाहहा केमियो भूमिका गरेर भएपनि पूरा भएको भन्दै अजयले पारिश्रमिक नलिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment