+
+

सप्तरीलाई प्रदेश २ स्तरीय गोल्डकपको उपाधि 

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २५ गते २०:१९

२५ माघ, वीरगञ्ज । वीरगञ्जमा आयोजित प्रदेश २ स्तरीय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सप्तरीले जितेको छ ।

आदर्शनगर रंगशालामा शनिबार भएको फाइनलमा खेलमा बारालाइ २–० गोल अन्तरले पराजित गर्दै सप्तरीले उपाधि जितेको हो । सप्तरीका लागि सुदिप श्रेष्ठ र दिवस श्रेष्ठले समान एक एक गोल गरेका थिए ।

जितसँगै सप्तरीले नगद १ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बाराले ७५ हजार रुपैयाँमै चित्त बुझाएको छ ।

प्रतियोगिताका विजेता खेलाडीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुरस्कार वितरण गरेका थिए ।

माघ १८ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए । प्रतियोगिताको आयोजना गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले गरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?