Comments Add Comment

भ्रष्टाचार मुद्दामा हदम्यादप्रति हेम–सरिता पाठक फाउण्डेसनको आपत्ति

२६ माघ, काठमाडौं । भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरिरहेको हेम–सरिता पाठक फाउण्डेसनले भ्रष्टाचार मुद्दामा हदम्याद लगाउने गरी कानून बनाउन खोजिएकोमा चिन्ता व्यक्त गरेको छ ।

फाउण्डेसनका अध्यक्ष हेम पाठकले विज्ञप्ति जारी गरी हाल संसदमा पेस भएको भ्रष्टाचार निवारण ऐन संशोधन विधयेकले ठूला भ्रष्टाचारीलाई फाइदा पुर्‍याउने भन्दै ५ वर्षे हदम्यादको प्राबधान हटाउन माग गरेका छन् ।

पाठकले भनेका छन्, ‘ठूला भ्रष्टाचारीलाई कारबाहीको हदम्यादसम्बन्धी विधेयक आपत्तिजनक छ । यो कानून पास भयो भने सत्तामा रहेका व्यक्तिहरु अझ बढी भ्रष्टाचार गर्न प्रोत्साहित हुनेछन् । यस्तो भयो भने भ्रष्टाचारविरुद्धको अभियानमा बाधा पुग्नेछ ।

पाठकले सांसदहरुलाई यस्तो कानुन नबनाउन अपिलसमेत गरेका छन । उनले अख्तियारले ललितानिवासको जग्गा प्रकरणमा मुद्दा दायर गर्नु सह्रानीय भए पनि अझै पनि कतिपय व्यक्तिलाई उन्मुक्ति दिन खोजिएको बताएका छन् ।

उनले प्रमुख विपक्षी नेपाली कांग्रेसले भ्रष्टाचार आरोपीलाई मुद्दा लगाँदा संसद् र सडकमा आन्दोलन गर्दा उसको निष्ठामाथि प्रश्न उठेको बताएका छन् । पाठक फाउण्डेसन अमेरिकामा स्थापित संस्था हो ।

फाउण्डेसनले हरेक वर्ष भ्रष्टाचारविरुद्ध कमल चलाउने पत्रकार र साहित्यकार तथा गीत–संगीतका क्षेत्रका व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ । फाउण्डेसनले विभिन्न जिल्लामा विद्यालय भवन बनाउनुका साथै गरिब र विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment