Comments Add Comment

क्याटरिनासँगको प्रेम झुटो हो – विक्की

केही समयदेखि अभिनेता विक्की कौशल र अभिनेत्री क्याटरिना कैफ प्रेममा रहेको गसिप बन्दै आइरहेको थियो । तर, यस विषयमा विक्कीभ र क्याटरिनाले कुनै अभिव्यक्ति दिएका थिएनन् । उनीहरुले केही नबोल्नाले धेरैले प्रेम भएको शंका गरेका थिए ।

यस्तैमा एक बलिउड मिडियामा अन्तरवार्ता दिदै विक्कीले कटि्रना र आफू बीच कुनै प्रेम नभएको बोलेका छन् । उनले भने, ‘हामीहरु बीच प्रेम छ भन्नु एकदमै गलत हो । हामीलाई कसैले यस विषयमा सोधेको पनि होइन । हामीले प्रेम छ भनेर भनेको पनि थिएनौँ ।’

‘यत्तिका समय प्रेमको हल्ला चल्दो किन बोल्नु भएन ?’, विक्कीलाई प्रश्न गरियो । उनले आफूले यस विषयमा कुनै स्पष्टिकरण दिन जरुरी नठानेको बताए । उनले भने, ‘मैले यस विषयमा स्पष्टिकरण दिन जरुरी नै ठानिन । किनभने, म मेरो व्यक्तिगत जीवनमा खुल्ला छु । मेरो कुरा सबैलाई पत्तो हुन्छ । मलाई ढाट्न आउँदैन ।’

केही समय अगाडि नायिका क्याटरिनले आफूलाई विक्कीसँग काम गर्ने रहर भएको बताएकी थिइन् । कटि्रनाको यस अभिव्यक्ती पछि विक्की र कटि्रना एक-अर्कासँग नजिक भएका थिए । दुबैले एक-अर्काको खुलेर तारिफ गर्थे ।

‘उरी’ चलचित्रबाट चर्चामा आएका विक्कीँले नायिका क्याटरिनासँग काम गर्ने समचार पनि आएको थियो । तर, अहिले उक्त चलचित्रको अत्तो पत्तो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment