Comments Add Comment

चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा मणिराम

चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखा अध्यक्षमा मणिराज गौतम चयन भएका छन् । समितिको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल, कोषाध्यक्षमा मनोज देवकोटा र सह–सचिवमा रवीन्द्र गौतम चयन भएका छन् । सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्री, अमृता पराजुली र दिपक सिंह रुम्बा चयन भए ।

अधिवेशनमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले मकवानपुरलाई चलचित्र छायांकन नगरी बनाउन उपयुक्त हुने बताए । जमरकट्टेलले मकवानपुर प्राकृतिक रुपमा सुन्दर रहेको भन्दै बागमती प्रदेशको राजधानी भइसकेकाले यहाँका सुन्दर ठाउँहरुलाई चलचित्रमा मार्फत प्रचार प्रसार गर्न चलचित्रकर्मीलाई आग्रह गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले मोफसलमा चलचित्र क्षेत्रको विस्तारमा सञ्चारकर्मीको ठूलो भूमिका रहेको बताए ।

चलचित्र पत्रकार संघका केन्द्रीय महासचिव अनिल यादव, सचिव समिर बलामी, बैकुन्ठ पराजुली सह–कोषाध्यक्ष जीवन पराजुली लगायतले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गीय केशब भट्टराईको परिवारलाई एक लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

भट्टराई परिवार सहयोग समितिका संयोजक एवं विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईलाई चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले चेक हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment