+
+

‘साङ्लो २’ बन्न सक्छ – विराज

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १०:४८

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘साङ्लो’ले बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । चलचित्रले दर्शकको उत्साहजनक साथ पाइरहेको छ । शुक्रबार ठिक-ठाक व्यापार गरेको यस चलचित्रले शनिबार र आइतबार भने राम्रो व्यापार गर्न सफल भएको छ । सुनसान चलचित्र घरहरुमा दर्शकको चहल-पहल सुरु भएको छ ।

चलचित्रको व्यापारबाट उत्साहित निर्माता, निर्देशक तथा अभिनेता विराज भट्ट ‘साङ्लो’को सिक्वेल बन्न सक्ने बताउँछन् । दशर्कको माग ‘साङ्लो २’ भएकाले उक्त चलचित्र बन्न सक्ने उनको भनाई छ ।

विराज भन्छन्, ‘हामी जति पनि हलमा पुग्यौँ, त्यहाँ दर्शकले यसको दोस्रो सिक्वेल चाहियो भन्नुभएको छ । त्यसलाई हामीले मनन गरेका छौँ । दर्शकले चाहानु हुन्छ भने साङ्लो २ बन्न सक्छ ।’

विराज आफूले ‘साङ्लो २’ को विषयमा सोचिनसकेको बताए । उनले भने, ‘पहिलो कुरा त यसै चलचित्रलाई दर्शकले स्विकार्नु हुन्छ वा हुन्न भन्ने विषयमा नै प्रश्न थियो । तर, दर्शकले यसलाई अत्याधिक रुचाइदिनु भएको छ । अब उहाँहरुको इच्छा भनेको म चलचित्र क्षेत्रमा नै रहेर काम गरोस् भन्ने हो । म यही नै रहेर काम गर्नेछु ।’

आफूले पहिला पाएको माया र अहिले पाएको मायामा कुनै कमी नभएको विराजको भनाई छ । उनले थपे, ‘यत्रो अन्तरालपछि पनि चलचित्र क्षेत्रमा मैले पाउने मायामा कुनै कमी पाइन् । अहिले पनि युवापुस्ताले नै मेरो चलचित्रलाई रुचाउनु भएको छ । राम्रो चलचित्र बनाउने हो भने जहिल्यै दर्शकले माया गर्नुहुन्छ भन्ने कुराको प्रमाण हो यो ।’

नेपाली चलचित्र क्षेत्रमा एक्सन स्टारको रुपमा राम्रो छाप बनाएका विराज केही वर्ष भोजपुरी चलचित्रमा हराएका थिए । केही वर्ष पहिला चलचित्र ‘जय पर्शुराम’बाट नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्न खोजेका विराज त्यस चलचित्रबाट भने सफल हुन सकेनन् ।

अहिले आफ्नै निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’बाट भने विराजले आफ्नो स्टारडमलाई पुनस् उचाई दिएका छन् । विराजको डेब्यु निर्देशनमा तयार भएको यस चलचित्रमा निकिता चण्डक, प्रकाश शाह, अमित गिरी, कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?