Comments Add Comment

‘कभी इद कभी दिवाली’मा सलमानको जोडी पूजा

यतिबेला नायक सलमान खान चलचित्र ‘राधे’मा व्यस्त छन् । सन् २०२० को इदमा रिलिज हुने यस चलचित्रमा सलमानलाई एक्सन अवतारमा देख्न पाइनेछ । राधे रिलिज नहुँदै अर्को वर्षको इदलाई लक्षित गर्दै सलमानले नयाँ चलचित्र घोषणा गरिसकेका छन्, ‘कभी इद कभी दिवाली’ ।

यस चलचित्रलाई सलमान र निर्माता सजिद नाडियडवालाले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । चलचित्रमा सलमान बिल्कुलै भिन्न अवतारमा प्रस्तुत हुने बताउँदै आएका छन् ।

चलचित्रमा सलमानको जोडी को होला भन्ने कौतुहलता धेरैमा थियो । अब भने चलचित्रको लागि नायिका पनि पक्का भएकी छिन् । सलमानको जोडी बन्नको लागि पूजा हेग्डे तयार भएकी छिन् । निर्माण पक्ष र पूजाबीच सम्झौता पनि भइसकेको छ ।

पूजाले यसअघि चलचित्र ‘हाउसफुल ४’मा काम गरिसकेकी छिन् । यस चलचित्रका निर्माता पनि सजिद नै हुन् । उनैले पूजालाई सलमानसँग जोडी बाध्ने अवसर दिएका हुन् । यसै विषयमा प्रतिक्रिया दिँदै सजिदले भने, ‘हाउसफुल ४’ मा काम गर्दा म पूजाको कामबाट निकै प्रभावित भएको थिएँ । यस चलचित्रको लागि सुहाउँदो भएपछि पूजालाई नै चलचित्रमा राखियो ।’

पूजा पनि सलमानसँग काम गर्नको लागि निकै उत्साहित छिन् । पूजाले भनिन्, ‘म आफैँ सलमानको फ्यान हुँ । अहिले उनीसँगै काम गर्ने मौका मिलेको छ । चलचित्रलाई लिएर निकै उत्साहित छु ।’ पूजाले चलचित्रमा गाउँले सोझी युवतीको भूमिका निर्वाह गर्नेछिन् । चलचित्रमा सलमानको भूमिका भने अहिलेसम्म खुलाइएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment