Comments Add Comment

एम्बुुलेन्स खरिदमा कुनै घोटाला नभएको मन्त्री सुबेदीको दाबी

२९ माघ, कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुबेदीले विधि र प्रक्रिया अनुसार एम्बुलेन्स खरिद गरेको बताएका छन् ।

बुधबार बसेको प्रदेशसभाको बैठकमा शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सुबेदीले एम्बुलेन्स खरिदमा कुनै घोटाला नभएको दाबी गरेका हुन् ।

यसअघिका प्रदेशसभा बैठकहरूमा प्रदेशसभा सदस्यहरूले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा एम्बुलेन्स खरिदमा अनियमितता गरेको आरोप लागेको भन्दै मन्त्रीसँग जवाफ माग गरेका थिए ।

यो पनि पढ्नुहोस सुदूरपश्चिम सरकारले थोत्रा ट्रकलाई अत्याधुनिक एम्बुलेन्स भनेर बाँड्यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्च स्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने समेत बताएको थियो । केही सत्तारुढ दलकै सांसदहरूले पनि प्रदेश सभा बैठकमा सामाजिक विकास मन्त्रालयले खरिद गरेका बस्तुहरूमा अनियमितता गरेको आरोप आइरहेको भन्दै मन्त्रीसँग जवाफ माग गरेका थिए ।

मन्त्री सुबेदीले बुधबारको प्रदेशसभा बैठकमा सबै प्रक्रिया पुर्‍याएर एम्बुलेन्स खरिद गरेको बताए । मन्त्री सुबेदीले एम्बुलेन्स २०१९ मोडलको नै रहेको दाबी गरे ।

शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिदै मन्त्री सुबेदीले अल्ट्रासाउन्ड खरिद पनि विधि र प्रक्रिया अनुसार नै गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment