
चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । गीतमा बाबुल र जुना रिजाल काफ्लेको स्वर सुन्न सकिन्छ ।
डान्सिङ नम्बरमा तयार भएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीलाई फिचर गरिएको छ । जहाँ दिलिप र प्रियंकाको जोडी बाँधिएको छ भने सलोन र वर्षा जोडी बनेका छन् । भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
चैत २१ गते रिलिज हुने यस चलचित्रलाई शिवहरी पौडेलले निर्देशन गरेका हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद पनि शिवहरी आफैँले तयार गरेका हुन् । कमेडी जनरमा निर्माण भएको चलचित्रले उमेर ढक्लिसकेका मानिसको मनोभावलाई प्रस्तुत गरेको छ ।
चलचित्रमा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
किरण केसीको प्रस्तुतीमा तयार भएको यस चलचित्रमा अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माताको रुपमा छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।
प्रतिक्रिया 4