Comments Add Comment

रेमिट्यान्स बढ्यो, ६ महिनामा भित्रियो ४ खर्ब ४७ अर्ब

४ फागुन, काठमाडौं । विप्रेषण आप्रवाहमा केहि सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो, तेस्रो तथा चौथो महिनामा समेत घटेको रेमिट्यान्स ६ महिनासम्म आइपुग्दा ०.९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

आइतबार ६ महिनाको तथ्यांकमा आधारित समष्टिगत आर्थिक तथा वित्तीय स्थितिबारे जानकारी दिदै राष्ट्र बैंकले यस अवधिमा ४ खर्व ४७ अर्व २६ करोड रुपैयाँ भित्रिएको बताएको हो ।

चालु आर्थिक वर्षको चौथो महिना अर्थात कात्तिक मसान्तसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा २ दशमलव ३ प्रतिशतले कमी आएर ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

तेस्रो महिनामा पनि ४.९ प्रतिशतले घटेर २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ भित्रिएको थियो भने चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि रेमिट्यान्स आप्रवाह ०.३ प्रतिशतले गिरावट आएर १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँमात्रै भित्रिएको थियो ।

दशैंको मूख्य सिजनमा समेत घटेको रेमिट्यान्स थोरै भए पनि मंसिर महिनामा बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो। पछिल्ला महिनाहरूमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि हुँदै गएकोले आगामी महिनामा विप्रेषण आप्रवाहमा सुधार हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment