Comments Add Comment

ग्याँस बोकेको गाडी दुर्घटना हुँदा चालकको मृत्यु,२ जना घाइते

४ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नयाँ मिलमा सिलिण्डर ग्याँस बोकेको गाडी -बोलेरो पिकअप) पल्टिँदा चालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

बुटवलवाट भैरहवातर्फ जादै गरेको लु१च ३८२६ नम्बरको गाडीले अनियन्त्रित भइ लु१९प ५३६३ नम्बरको मोटरसाइकलसालाई ठक्कर दिएको थियो ।

गाडी चालक दाङका ३० वर्षीय असकुमार चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलबापुरले जानकारी दिएको छ ।

आइतबार दिउँसो सवा चार बजे भएको दुर्घटनामा पाल्पा जिल्ला तिनाउ गाउँपालिका १ का मोटरसाइकल चालक ४७ वर्षीय कमलप्रसाद पोखरेल र सोही मोटरसाइकलमा सवार वर्ष ३५ का कृष्ण खड्का घाइते भएका छन् ।

घाइते दुवै जनाको क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment