+
+

एमसीसी पारित गर्न खोज्नु आपत्तिजनक : मसाल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १३:४२

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता संसदले अस्वीकार गर्नुपर्ने बताएको छ ।

मसालका महासचिव मोहनविक्रम सिंहद्वारा मंगलबार जारी विज्ञप्तिमा एमसीसी इण्डो प्यासिफिक रणनीतिकै अंग भएको र त्यसको उद्धेश्य अमेरिकाको सेवा गर्नु रहेको उल्लेख छ ।

‘स्वयं अमेरिकाका उच्च अधिकारी र अमेरिकी दुतवासले समेत त्यो इण्डोप्यासिककै अंग भएको कुरा सार्वजनिक गरिसकेका छन्’ सिंहले लेखेका छन्, ‘एमससीलाई इण्डो प्यासिफिक रणनीतिको अंग होइन भनेर चोख्याएर संसदद्वारा पारित गराउने सरकारको प्रयत्नलाई हाम्रो पार्टीले अत्यन्त आपत्तिजनक मान्दै त्यसको कडा शब्दमा विरोध गर्दछ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको अध्ययन कार्यदलले पनि एमसीसीलाई अस्वीकार गर्न राय दिनुपर्ने मसालको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?