+
+
Shares

१४ वर्षअघिको सामूहिक बलात्कार घटनाका दोषी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते १७:२१

११ फागुन, विराटनगर । मोरङको पथरीमा पाहुना आएकी एक किशोरीलाई सामूहिक बलात्कार गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षअघिको सामूहिक बलात्कार घटनामा अदालतबाट दोषी ठहर भएका पथरी शनिश्चरे नगरपालिका-१० का ३६ वर्षीय सूर्य विश्वकर्मालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो ।

विश्वकर्मासहित पथरी शनिश्चरे-१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले एक किशोरीलाई २०६२ असार ११ गते तीन दिन बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए ।

घटना पश्चात किशोरीले जाहेरी दिइन् । तर जिल्ला अदालत मोरङको २०६९ साल पुस २४ गतेको फैसलाले उनीहरुलाई सफाइ दियो ।

त्यसपश्चात मुद्दा पुनरावेदन अदालत विराटनगरमा पुग्यो । पुनरावेदन अदालतले भने २०१७ साल वैशाख १० गते १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिमाना सजाय सुनायो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पथरी शनिश्चरेको भुटानी शरणार्थी शिविरमा पाहुना आएकी किशोरीमाथि तीन दिनसम्म थुनेर बलात्कार भएको थियो ।

प्रहरीमा जाहेरी परेलगत्तै तीनै जना फरार थिए । घटनापछि विश्वकर्मा परिवारसहित धरानमा बसेको पाइएको डीएसपी गिरीले बताए ।

धरान ६ मा घर बनाएर बस्दै आएका विश्वकर्मा फर्मिचरमा काम गर्दै आएका थिए । उनलाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?