Comments Add Comment

कोरोनाको डरले उत्तर कोरियामा ३ सय ८० विदेशी क्वारेन्टाइनमा

१२ फागुन, काठमाडौं । उत्तरकोरियाले कोरोना भाइरसको संक्रमण रोक्न ३ सय ८ जना विदेशी नागरिकलाई क्वारेन्टाइनमा राखेको छ ।

यसरी क्वारेन्टाइनमा राखिएकामा धेरैजसो कुटनीतिक निकायका कर्मचारी रहेका छन् । उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन । तर उत्तर कोरिया र चीनको सीमा जोडिएको क्षेत्र धेरै लामो छ । त्यसैले उसले कोरोना भाइरसको संक्रमण रोक्न सचेतना अपनाएको दक्षिण कोरियाली समाचार संस्थाले जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरस महामारीको रुपमा फैलिन थालेको छ । अहिलेसम्म यसको औषधी र भ्याक्सिन पत्ता नलागेका कारण पनि विश्व समुदाय यसबाट आतंकित छ । चीनमा ७७ हजार भन्दा बढीमा यो भाइरसको संक्रमण भइसकेको छ भने २६ सय जनाको मृत्यु भएको छ ।

चीनबाहेक २६ देशमा १२ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २० जनाको मृत्यु भएको छ । इटलीमा सोमबार ४ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण भएकामा मृत्यु दरर १ देखि २ प्रतिशत देखिएको छ । तर विश्व स्वास्थ्य संगठनले मृत्युदर अझै यकीन भइनसकेको भन्दै सचेत गराएको छ ।

चीनपछि सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण भएको दक्षिण कोरियामा हो । यहाँ सोमबारसम्म ७ सय ६० जनामा संक्रमणको पुस्टि भएको छ । ७ जनाको मृत्‍यु भएको छ भने ७ हजार ७ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment