Comments Add Comment

दोब्बर बढीले महँगियो चीन जाने नेपालीको भिसा शुल्क

काठमाडौंस्थित चाइनिज भिसा सेन्टरका डाइरेक्टर झाङ्ग चियोङ्ग । तस्वीर : चन्द्र आले/अनलाइनखबर

१२ फागुन, काठमाडौं । चीन सरकारले नेपाली नागरिकलाई दिँदै आएको प्रवेशाज्ञा (भिसा) को दस्तुर झण्डै दोब्बरले वृद्धि गरेको छ ।

चीनले यसअघिको भिसा र सेवा शुल्क परिमार्जन गर्दै शुल्क वृद्धिको निर्णय गरेको हो । योसँगै चीनको भिसाका लागि २ हजार २ सय तिर्दै आएका नेपालीले अब ६ हजार १ सय रुपैयाँ तिर्नुपर्ने छ ।

यसअघि चिनियाँ दूतावासले चार दिनभित्र भिसा लिन चाहनेसँग २ हजार २ सय, तीन दिनभित्र भिसा लिन ४ हजार ९ सय र दुई दिनभित्र लिन ६ हजार दुई सय रुपैयाँ लिँदै आएको थियो । अब त्यसमा भिसा सेन्टरले क्रमशः ३ हजार ९ सय, ५ हजार ८ सय ५० र ७ हजार ८ सय रुपैयाँ सेवा शुल्क थप गरेर रकम लिने छ ।

भिसा सेन्टरका डाइरेक्टर झाङ्ग चियोङ्गले सञ्चालन खर्च, कर्मचारी, उपकरण, नेपालको कानूनअनुसारको करलगायत कारणले भिसा शुल्क वृद्धि गर्नुपरेको जानकारी दिए ।

हेर्नुहोस् भिसा शुल्कको विवरण

अन्य देशका नागरिकसँग भिसाबापत लिँदै आएको शुल्कमा पनि वृद्धि भएको छ ।

चीनले काठमाडौंको हात्तीसारस्थित कार्यालयबाट भिसा आवेदन लिन बन्द गरेर दरबारमार्गमा भिसा सेन्टर खोलेको छ । राइजिङ मलको दोस्रो तलामा खोलिएको भिसा सेन्टर सोमबारबाट शुभारम्भ भएको छ । भिसा सेन्टरमा १२ जना नेपाली कर्मचारीहरु छन् ।

यो पनि पढ्नुहोस दरबारमार्गमा खुल्यो चिनियाँ भिसा सेन्टर, हात्तीसारबाट किन हटाइयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment