+
+
Shares

प्रधानमन्त्री ओलीबाटै नेकपाको आचारसंहिता उल्लंघन

यतीको हेलिकप्टरमा नेपालको नक्सा अंकित केक !

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १०:२५

१२ फागुन, काठमाडौं । ‘जो अगुवा उही बाटो…’ भन्ने नेपाली आहान नेकपामा चरितार्थ भएको छ । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् ।

नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो ।

सो आचार संहिताको दोस्रो बुँदामा भनिएको छ, ‘जन्म दिन ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ ।’

तर, प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव राजा महाराजाको शैलीमा तडक भडकपूर्ण किसिमले मनाएर आफ्नै पार्टीको आचारसंहिताको खिल्ली उडाइदिएका छन् ।

पार्टीभित्र विधिविधान र नियम कानून सानालाई मात्र लागू हुन्छ भन्ने सन्देश प्रधानमन्त्रीको व्यवहारले देखाइदिएको छ ।

यतीको हेलिकप्टरमा नेपालको नक्शा अंकित केक !

नेकपाको आचारसंहितामा ‘बर्थ डे’ घर परिवारमा मात्र सीमित गर्नुपर्ने प्रावधान भए पनि प्रधानमन्त्री ओलीको जन्मोत्सवमा तेह्रथुमको आठराईमा नेपालको नक्शा अंकित केक हेलिकप्टरमा लगिएको थियो । ओलीको जन्मोत्सव मनाउन चारवटा हेलिकोप्टर आठराई पुगेका थिए ।

यती समूहका सोनाम शेर्पा नेपालको नक्शा स्वरुपको केक लिएर आफ्नै हेलीकप्टरमा प्रधानमन्त्रीलाई शुभकामना दिन पुगेका थिए ।

नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीमाथि चर्को आलोचना भएको छ । कतिपयले भारत, अमेरिका लगायत विदेशमा पनि सरकार प्रमुखको जन्म दिनमा देशको नक्शा अंकित केक काट्ने गरिएको तर्क गरेका छन् ।

तर, विदेशमा त्यस्तो प्रचलन छ भन्दैमा नेपालको नक्शालाई काटेर खानु उचित नभएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारतर्फ सोझिएको जनआक्रोशमा प्रधानमन्त्री ओलीको तडक–भडकपूर्ण राजसी जन्मोत्सवले आगो घिउको काम गरेको छ ।

अब पार्टीको आचार संहिता उल्लंघन गर्ने प्रधानमन्त्री ओलीलाई पार्टीले के कारवाही गर्छ या गर्दैन, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?