Comments Add Comment

मनोरन्जनरमण शर्मा अवार्डबाट कुलबहादुर र सरस्वती सम्मानित

१२ फागुन, काठमाडौं । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माको नाममा रहेको अवार्डबाट कुल बहादुर थापा र सरस्वती चौधरी सम्मानित भएका छन् ।

कुलबहादुर पुरुषतर्फ र सरस्वती महिलातर्फ वर्षको उत्कृष्ट खेलाडी बन्दै सम्मानित भए ।

दुवैले ३५-३५ हजार प्राप्त गरे ।

यसअघि संघले आयोजना गरेको एनभीए अवार्डमा कुलबहादुर र सरस्वती वर्ष खेलाडी बनेका थिए ।

संघका अध्यक्ष शर्माले गत वर्षदेखि व्यक्तिगत रुपमा यस अवार्डका लागि नगद प्रदान गर्दै आएका छन् ।

भलिबल नेपालको राष्ट्रिय खेल घोषित भएपछि संघका अध्यक्ष शर्माले २०७४ जेठ १७ गते १० लाख रकमको अक्षय कोष खडा गरेका थिए । त्यसैबाट वार्षिक रुपमा आफ्नो नाममा अवार्ड प्रदान गर्दै आएका छन् ।

यस्तै गत कात्तिकमा बंगलादेशमा भएको पहिलो एभिसी वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा स्वर्ग  जित्ने नेपाली राष्ट्रिय टीमलाई पनि सम्मानित गरिएको छ । नेपालले उपाधि जितेपछि अध्यक्ष शर्माले विमानस्थलमै स्वागत गर्ने क्रममा नगद पुरस्कार घोषणा गरेका थिए। त्यसै अनुसार खेलाडी र अफिसियललाई नगद १०-० हजार प्रदान  गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment