Comments Add Comment

बिविध

List Grid
एसियन च्याम्पियनसिप खेल्न टेबलटेनिस टोली शुक्रबार दोहा जाने

७ असोज, काठमाडौं । २५औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा प्रस्थान गर्दैछ । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषतर्फ श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुनेछन् । महिलातर्फ एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा सहभागी हुने अखिल नेपाल टेबलटेनिस संघले […]

पलेशालाई खेलाडी संघको सम्मान

७ असोज, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । बिहीबार खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक […]

क्रिकेटर विनोद भण्डारी र सञ्चारकर्मी सोनीकाबीच इनगेजमेन्ट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र सञ्चारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएका भण्डारी र अर्यालले बुधबार काठमाडौंमा ‘इनगेजमेन्ट’ अर्थात टिकाटालो गरेका छन् । कार्यक्रममा दुवैतर्फका परिवार उपस्थित थिए । आउने दशैँमा विवाह गरिने अर्यालले जानकारी दिइन् । हिमालय टेलिभिजनमा पाँच वर्षअघि […]

रत्नजित र रशिलालाई उपाधि

५ असाेज, काठमाडौं । विभागीय टाेली त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र रशिला महर्जनले प्रथम रिभाइब लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जितेका छन् । शीर्ष वरियताका रत्नजित पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाइब लिजर पार्कको कोर्टमा मंगलबार भएको फाइनलमा रत्नजितले विश्व जुनियर वरियताको तेस्रो स्थानमा रहेका आयोजक […]

टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशा सम्मानित

५ असोज, काठमाडौं । टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । टोकियो पारालम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ […]

गोपीचन्द्र पार्कीलाई एथलेटिक्स परिवारको बिदाइ

४ असोज, काठमाडौं । यही सेप्टेम्बर २६ (असोज १० गते) जर्मनीमा आयोजना हुने बीएमडब्लु बर्लिन म्याराथनमा भाग लिन जान लागेका धावक गोपीचन्द्र पार्कीलाई एथ्लेटिक्स परिवार नेपालले सोमबार बिदाइ गरेको छ । एथ्लेटिक्स परिवारले धावक गोपीसंगै प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरेको हो । नेपाली टोली मंगलबार जर्मनी प्रस्थान गर्नेछन् । १३औँ दक्षि एसियाली खेलकुद (साग)का स्वर्ण […]

आइबा पुरुष विश्व बक्सिङका लागि भुपेन्द्र पहिलो

३ असोज, काठमाडौं । नेपाल प्रहरीका भुपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६३ केजीमा आइतबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता भुपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ […]

खेल पत्रकारद्वय चित्रकार र साउद सम्मानित

१ असोज, काठमाडौं । नेपाल पत्रकार महासंघको एशोसिएट प्रदेश समितिले दुई जना खेल पत्रकारलाई सम्मान गरेको छ । शुक्रबार धुलिखेलमा आयोजित प्रथम राष्ट्रिय सम्मेलनमा खेल पत्रकारद्वय श्याम चित्रकार र जीतु साउदलाई सम्मान गरेको हो । एशोसिएट प्रदेश समितिले ७० वर्ष उमेर पार गरेर सक्रिय पत्रकारितामा आबद्ध चित्रकारलाई पत्रकारिता सम्मान र साउदलाई कोराना संकट सक्रिय पत्रकारिता […]

विश्व बक्सिङ च्याम्पियनसिपका लागि बक्सिङ छनोट सुरु

१ असोज, काठमाडौं । आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । ५ स्पर्धा समावेश भएपनि खेलाडी संख्या भने पछि छनोट समितिले निर्धारण गर्ने जनाइएको छ […]

प्रिन्स रिभाईभ लिजरपार्क ब्याडमिन्टनको दोश्रो चरणमा

१ असोज, काठमाडौं। आयोजक रिभाईभ लिजरपार्कका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८ को पुरुष एकलमा दोश्रो चरणमा प्रवेश गरेका छन् । प्रिन्सले पहिलो दिनको खेलमा देवान राईलाई २१-७, २१ -१३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुने । यस्तै दोश्रो चरण प्रवेश गर्ने क्रममा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रुकेश […]

रिभाईभ लिजरपार्क ब्याडमिन्टन असोज १ देखि हुने

२८ भदौ, काठमाडौं । रिभाईभ लिजरपार्क स्थापनाको अवसरमा ‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ हुने भएको छ । प्रतियोगिता असोज १ गतेदेखि हुने आयोजकले जनाएको छ । पार्कको आफ्नै कभर्डहलमा हुने च्याम्पियनसिपले कोभिडबाट प्रभावित खेलाडीहरुलाई पुनर्ताजगी बनाउने अपेक्षा गरिएको छ । सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा पुरुष […]

कोरियन एम्बेसडर राष्ट्रिय खुला भर्चुअल तेक्वान्दोका लागि ११ खेलाडी छानिए

२२ भदौ, काठमाडौं। नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औं कोरियन एम्बेसडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् । दक्षिण कोरियोको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगितका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आ-आफ्नो […]

अब फ्रेन्चाईज भलिबल आयोजना हुने

२२ भदौ, काठमाडौं । क्रिकेट र फुटबलपछि अब भलिबलको पनि फ्रेन्चाईज लिग आयोजना हुने भएको छ । नेपाल भलिबल संघ र चौधरी ग्रुप अन्तर्गत रहेको नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम)को सहकार्यमा लिग हुने भएको हो । उक्त लिग आयोजनाका लागि मंगलबार नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) बीच सम्झौता भएको […]

ए डिभिजिन राष्ट्रिय फुटसल लिग: द राइजिङ, धरान र स्काई गोल्स काठमाडौं भिड्ने

२२ भदौ, काठमाडौं । असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको टाइसिट ‘ड्र’बाट सार्वजनिक गरिएको तालिकामा द राइजिङ क्लब र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्ने भएका हुन । […]

भिजनलाई स्वर्ण

१९ भदौ, काठमाडौं । मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् । भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोस्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेस्रो बने । नेपालस्थित दक्षिण कोरियाली […]

कोरियन एम्बासडर तेक्वान्दो शुक्रबारदेखि

१७ भदौ,  काठमाडौं। नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मुल आयोजक समितिका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले जानकारी दिए । ३ सय ९० पुरुष र २ […]

नवीन न्यौपानेका बुबाआमाको उपचारका लागि सन्तोष साहुखलको सहयोग

काठमाडौं । पूर्वराष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखलले नवीन न्यौपानेका बुबाआमाको उपचारको लागि ५३ हजार रुपैयाँ सहयोग गरेका छन् । नवीनका बुवाआमा क्यान्सरको उपचार गराइरहेका छन् । थ्रीस्टार, एपीएफ, मनाङ मर्स्याङ्दी र च्यासल क्लबबाट खेलेका सन्तोष सन् २०१५ यता जापानमै बसोबास गर्छन् । उनले पठाएको उक्त रकम उनका दाइ बालगोपाल साहुखलले बुधबार नवीनलाई हस्तान्तरण गरे । […]

बक्सिङ खेलाडी स्वदेश फर्किए

१५ भदौ, काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भई ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । ६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मंगलबार […]

दीपेश कँडेलको अध्यक्षतामा धादिङ क्यानको तदर्थ समिति गठन

६ भदौ, धादिङ । दीपेश कँडेलको अध्यक्षतामा नेपाल क्रिकेट संघ, धादिङको तदर्थ समिति गठन भएको छ । धादिङबेसीस्थित क्रिक रिसोर्टमा आइतबार भएको भेलाले कँडेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला तदर्थ समिति र देवराज घलानको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । जिल्ला तदर्थ समितिको उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा मनिष दुवाडी, सचिवमा सन्दीप सापकोटा, कोषाध्यक्षमा […]

आठाैं सागका स्वर्णधारी राईको निधन

२ भदाै, काठमाडौं । नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कृष्णबहादुर राईको बुधबार निधन भएको छ । सन् १९६८ मा जन्मिएका राईको कोरोनो भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् । आठौं सागमा उनले टिम कातातर्फ स्वर्ण जितेका थिए […]

फुटबलर शान्ता नेपालीलाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय फुटबलर शान्ता नेपालीलाई आर्थिक सहयोग जुटेको छ । स्याङ्जामा रहेकी उनलाई शुक्रबार २ लाख ५९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । नेप्लेज मिडिया एण्ड म्यानेजमेन्टले शुरू गरेको अभियानका क्रममा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आफैंले राष्ट्रिय टिमको तर्फबाट १ लाख रुपैयाँ सहयोग गरेका थिए । बेलायत निवासी सुनील प्रधानले […]