+

मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको तदर्थ समिति गठन, प्रमुख प्रशिक्षक बराल सम्मानित

२०८२ फागुन  १५ गते २२:०४ २०८२ फागुन १५ गते २२:०४
मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको तदर्थ समिति गठन, प्रमुख प्रशिक्षक बराल सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको ९ सदस्यीय तदर्थ समिति सर्वसम्मत मनोनित गरिएको छ।
  • तदर्थ समितिले दुई जना सदस्य थपेर ११ सदस्यीय पूर्ण समिति बनाउनेछ।
  • नेपाल स्केटिङ एसोसिएसनका प्रमुख प्रशिक्षक दिलिप राज बराललाई खेल विकासमा योगदानको लागि सम्मान गरिएको थियो।

१५ फागुन, बर्दिबास । मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको तदर्थ समिति गठन गरिएको छ ।

शुक्रबार भएको तदर्थ समितिको भेलाले ९ सदस्य तदर्थ समिति सर्वसम्मत मनोनित गरिएको छ । अब तदर्थ समितिले दुई जना सदस्य मनोनयन गरेपछि ११ सदस्यीय समितिले पूर्णता पाउनेछ ।

मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन तदर्थ समिति अध्यक्ष शेर बहादुर पुलामी, उपाध्यक्ष प्रज्वल पौडेल, सचिव सबिन माईलो, कोषध्यक्ष रबिन्द्र कुमार महतो छन् भने सदस्यहरुमा कैलाश कुमार खत्री, लाल बहादुर बुढाथोकी, मन्दिप कुमार बिष्ट, रमेश बिक र सबिता कुमारी मण्डल छन् ।

मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन तदर्थ समिति गठनको अवसरमा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनका केन्द्रिय अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा तथा प्रमुख प्रशिक्षक दिलिप राज बराल, मधेश खेलकुद परिषदका निर्देशकद्वय प्रभु नारायण सिवाकोटी र भरत प्रसाद यादवसँगै र नेपाल बेसबल एसोसिएसनका अध्यक्ष दीपक न्यौपानेको उपस्थिति थियो ।

उनीहरूले मधेश प्रदेशमा खेलकुदको विकास तथा प्रवर्द्धनमा यो भेला ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे ।

यस्तै कार्यक्रममा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनका प्रमुख प्रशिक्षक दिलिप राज बराललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्केटिङ खेलको विकास तथा प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्नै सम्मान गरिएको थियो ।

मधेश खेलकुद परिषदका निर्देशक प्रभु नारायण सिवाकोटीले बराललाई सम्मान पत्र प्रदान गरे ।

मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय