+

राष्ट्रिय लिग फुटबलमा लालिगुराँस र फ्रेन्ड्सले बाँडे अंक

२०८२ फागुन  १५ गते २१:५९ २०८२ फागुन १५ गते २१:५९
राष्ट्रिय लिग फुटबलमा लालिगुराँस र फ्रेन्ड्सले बाँडे अंक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लालिगुराँस एसोसिएसन र फ्रेन्ड्स क्लबले राष्ट्रिय लिग फुटबलमा १-१ को बराबरी खेलेका छन्।
  • लालिगुराँसका सरोज गुरुङले २६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
  • फ्रेन्ड्सका जेनिश प्रजापतिले ७६औं मिनेटमा बराबरी गोल गरे।

१५ फागुन, काठमाडौं । लालिगुराँस एसोसिएसन र फ्रेन्ड्स क्लबले राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा कास्कीको लालिगुराँस र ललितपुरको फ्रेन्ड्सले १-१ को बराबरी खेलेका हुन् ।

खेलमा अग्रता भने लालिगुराँसले लिएको थियो । सरोज गुरुङले २६औं मिनेटमा गोल गर्दै लालिगुराँसलाई पहिलो हाफमा अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा फ्रेन्ड्सले गोल फर्कायो । फ्रेन्ड्सका लागि जेनिश प्रजापतिले ७६औं मिनेटमा बराबरी गोल गरे ।

बराबरीपछि लालिगुराँसले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । ८ खेलसम्म अपराजित रहेको लालिगुराँस १८ अंक जोडेर दोस्रो स्थानमा छ ।

समान खेलबाट ६ अंकसहित फ्रेन्ड्स १३औं स्थानमा छ ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय