News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तराष्ट्रिय रेफ्री अस्मिता खड्काले क्यानडा ओपन तेक्वान्दो जी–२ च्याम्पियनसिपअन्तर्गत पुम्से विद्यामा उत्कृष्ट रेफ्री बनेकी छिन्।
- प्रतियोगिता क्यानाडाको क्यालगरीमा फेब्रुअरी २६ देखि सुरु भई २७ राष्ट्रका ६ सय ७९ खेलाडी सहभागी छन्।
- अस्मिता खड्का १३ औं दक्षिण एसियाली खेलकुदमा कांस्य पदक विजेता र नेपाल एपीएफ क्लबमा प्रशिक्षक छिन्।
१५ फागुन, काठमाडौं । तेक्वान्दो अन्तराष्ट्रिय रेफ्री अस्मिता खड्का क्यानडा ओपन तेक्वान्दो जी–२ च्याम्पियनसिपअन्तर्गत पुम्से विद्यामा उत्कृष्ट पुम्से रेफ्री बनेकी छिन् ।
विश्व तेन्वान्दो महासंघको कार्यक्रम अनुसार क्यानडा तेक्वान्दो संघको आयोजनामा क्यानाडाको क्यालगरी, विनास्पोर्टको कभर्डहलमा भएको प्रतियोगिताको पुम्सेमा अस्मिता उत्कृष्ट निर्णायक घोषित भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् ।
फेब्रुअरी २६ देखि सुरु भएको उक्त प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । सदस्य लामाका अनुसार प्रतियोगितामा २७ राष्ट्रका कुल ६ सय ७९ खेलाडी सहभागी छन् ।
अस्मिताले १३ औं दक्षिण एसियाली खेलकुदको पेम्सेमा कांस्य पदक जितेका थिइन् भने १८ औं एसियाली खेलकुदलगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएकी थिइन् ।
हाल नेपाल एपीएफ क्लबमा प्रशिक्षकको रुपमा कार्यरत अस्मिताले विभिन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि रेफ्रीको भुमिका निर्वाह गरिसकेकी छन् ।
प्रतिक्रिया 4