News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
- पुलिसले बागमती प्रदेशलाई पराजित गर्दै दोस्रो इनिङमा ८९ रनको लक्ष्य २ विकेटमा पूरा गरेको हो।
- पुलिसले उपाधिका लागि आर्मी क्लबसँग खेल्नेछ।
१५ फागुन, काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई पराजित गर्दै पुलिसले फाइनल खेल्ने भएको हो ।
दोस्रो इनिङमा बागमती प्रदेशले दिएको ८९ रनको लक्ष्य पुलिसले तेस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गरेको हो । पुलिसका लागि सोहेल कुँवरले अविजित ३५ रन बनाए । शंकर रानाले २७ रन बनाए भने करण केसीले अविजित २५ रन बनाए ।
बागमतीका लागि रिजन ढकाल र सन्दीप लामिछानेले १-१ विकेट लिए ।
त्यसअघि दोस्रो इनिङमा पुलिसले बनाएको १४९ रनको अग्रता पछ्याउँदा बागमती २३७ रन बनाएर अलआउट भयो । इशान पाण्डेले सर्वाधिक ८० रन बनाए भने बिबेक मगरले ४५ रन बनाए । सूर्य तामाङ ३० रनमा नटआउट रहे ।
पुलिसका ललित राजवंशीले २६.२ ओभरमा ८४ रन दिएर ५ विकेट लिए । राशिद खानले ३ तथा करण केसीले १ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले पहिलो इनिङमा ५३.५ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो ।
८४-८ को दयनीय अवस्थाबाट बिपिन आचार्यले अविजित ४६ तथा सूर्य तामाङले २४ अनि गौतम केसीले २१ रन बनाएर सम्मानजनक योगफलसम्म पुर्याएका थिए । त्यसअघि इशान पान्डेले ४१ रन बनाए ।
पुलिसका करण केसीले १३ ओभरमा २७ रन दिएर ४ विकेट लिए । ललित राजवंशीले ३ तथा सागर ढकाल, राशिद खान र कुशल भुर्तेलले १-१ विकेट लिए ।
जवाफमा पुलिसले पहिलो इनिङमा ७० ओभर खेलेर ३३४-८ को अवस्थामा १४९ रनको अग्रतासहित इनिङ घोषणा गरेको थियो । पुलिसका लागि कुशल भुर्तेलले ९६ रन बनाएका थिए ।
आरिफ शेखले ५३ तथा दिल्साद अलीले ५१ रन बनाए । शंकर रानाले ४८ रन बनाए । अमित श्रेष्ठले ३९ रन बनाए । करण केसी २९ रनमा अविजित रहे ।
प्रतियोगितामा पुलिसले एक खेलमा हार बेहोरेको थियो भने दुई खेल जित्यो । पुलिसले उपाधिका लागि आर्मीसँग खेल्नेछ ।
प्रतिक्रिया 4