+

अमोरिमलाई बर्खास्त गर्दा युनाइटेडलाई करिब १ करोड ६० लाख पाउन्डको आर्थिक भार

२०८२ फागुन  १५ गते १२:४५ २०८२ फागुन १५ गते १२:४५
अमोरिमलाई बर्खास्त गर्दा युनाइटेडलाई करिब १ करोड ६० लाख पाउन्डको आर्थिक भार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर युनाइटेडले प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गर्दा झन्डै १ करोड ६० लाख पाउन्ड खर्च हुन सक्ने जनाएको छ।
  • अमोरिमलाई सन् २०२४ नोभेम्बरमा स्पोर्टिङ सीपीबाट ल्याउँदा तिरेको ६३ लाख पाउन्ड रकम लेखाबाट हटाइएको छ।
  • अमोरिमको नेतृत्वमा युनाइटेड प्रिमियर लिगमा १५औं स्थानमा सीमित भएको थियो र हाल माइकल क्यारिकले टोली सम्हालिरहेका छन्।

१५ फागुन, काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गर्दा क्लबलाई झन्डै १ करोड ६० लाख पाउन्डको आर्थिक भार हुन सक्ने जनाएको छ।

पोर्चुगिज प्रशिक्षक अमोरिमलाई ५ जनवरीमा हटाइएको थियो। उनले लिड्ससँग १–१ को बराबरीपछि क्लब व्यवस्थापनको सार्वजनिक रूपमा आलोचना गरेका थिए।

क्लबले न्यूयोर्क स्टक एक्सचेन्जमा बुझाएको विवरणअनुसार, अमोरिमलाई सन् २०२४ नोभेम्बरमा स्पोर्टिङ सीपीबाट ल्याउँदा तिरेको ६३ लाख पाउन्ड रकम पनि लेखाबाट हटाइएको छ। साथै, अमोरिम र उनको प्रशिक्षक टोलीलाई दिनुपर्ने सम्भावित अधिकतम १ करोड ५९ लाख पाउन्डका लागि प्रावधान छुट्याइएको छ।

यसअघि अमोरिमलाई भित्र्याउन युनाइटेडले स्पोर्टिङलाई १ करोड १० लाख पाउण्ड तिरेको थियो भने पूर्व प्रशिक्षक एरिक टान हागलाई हटाउँदा १ करोड ४ लाख पाउन्ड खर्च भएको थियो। यसरी प्रशिक्षक परिवर्तनकै कारण क्लबलाई कुल ३ करोड ७३ लाख पाउन्डसम्म भार पर्न सक्ने देखिएको छ।

४१ वर्षीय अमोरिमको कार्यकाल १४ महिना मात्रै टिक्यो। उनले ६३ खेलमध्ये २५ जित दिलाए। उनको नेतृत्वमा युनाइटेड प्रिमियर लिगमा १५औं स्थानमा सीमित भएको थियो, जुन सन् १९७३–७४ पछि सबैभन्दा खराब प्रदर्शन हो। टोली युरोपा लिगको फाइनलमा पराजित भयो भने यो सिजन युरोपेली प्रतियोगिताबाट बाहिर रह्यो।

अमोरिम हटेपछि अन्तरिम रूपमा ड्यारेन फ्लेचरले दुई खेल सम्हालेका थिए। हाल माइकल क्यारिकले सिजन अन्त्यसम्म टोली सम्हालिरहेका छन्। उनको नेतृत्वमा युनाइटेडले पछिल्ला ६ मध्ये ५ खेल जित्दै लिगमा चौथो स्थानमा उक्लिएको छ र च्याम्पियन्स लिग छनोट नजिक पुगेको छ।

क्लबले आफ्नो ऋण सुविधा ५ करोड पाउण्डले बढाएर ४० करोड पाउण्ड पुर्‍याएको पनि जनाएको छ। हाल उक्त सुविधाअन्तर्गत २१ करोड ५० लाख पाउण्ड बाँकी रहेको उल्लेख गरिएको छ।

-बीबीसीबाट

म्यान्चेस्टर युनाइटेड रुबेन अमोरिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय