+
राष्ट्रिय लिग फुटबल :

रिचर्डको ह्‍याट्रिकमा संकटाको सहज जित

२०८२ फागुन  १५ गते १६:५३ २०८२ फागुन १५ गते १६:५३
रिचर्डको ह्‍याट्रिकमा संकटाको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसीलाई ४-० ले पराजित गरेको छ।
  • रिचर्ड चुक्वुडालु ओनयमाले ह्याट्रिक गर्दै संकटाको सबै चार गोल गरे।
  • संकटाले ९ अंक जोडेर नवौं स्थानमा उक्लेको छ भने चित्लाङ ७ अंकसहित १२औं स्थानमा झरेको छ।

१५ फागुन, काठमाडौं । विदेशी खेलाडी रिचर्ड चुक्वुडालु ओनयमाको ह्याट्रिक मद्दतमा संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा शुक्रबार चित्लाङ एफसीलाई ४-० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा संकटाका लागि चारै गोल विदेशी खेलाडीको नाममा रह्यो । रिचर्डले ह्याट्रिक गर्दा ताये डानिएल बडारुले एक गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेका रिचर्डले दोस्रो हाफमा ह्याट्रिक पूरा गरे । रिचर्डले खेलको पहिलो मिनेटमै गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।

ताये डानिएलले ४३औं मिनेटमा संकटाको अग्रता दोब्बर पारे । रिचर्डले पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरेपछि संकटाले ३-० को अग्रता बनायो । रिचर्डले ७५औं मिनेटमा व्यक्तिगत तेस्रो गोलसहित ह्याट्रिक पूरा गरे ।

रिचर्ड राष्ट्रिय लिगमा ह्याट्रिक गर्ने समग्रमा चौथो खेलाडी हुन् भने तेस्रो विदेशी हुन् । यसअघि चर्च ब्वाइजका मिलन राई, प्लानिङ ब्वाइजका पापा इबोउ केबे र लालिगुराँस एसोसिएसनका अब्दुल हाउलेले ह्याट्रिक गरेका थिए ।

लिगमा ८ खेल खेल्दा दोस्रो जित हात पारेको संकटा ९ अंक जोडेर नवौं स्थानमा उक्लेको छ । तेस्रो हार बेहोरेको चित्लाङ ८ खेलबाट ७ अंकसहित १२औं स्थानमा झरेको छ ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय